काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ३०८९ काठमाडौंका, ३७४ भक्तपुरका र ६४३ ललितपुरका रहेका छन् । यस्तै काठमाडौंमा २५ हजार ९४० जना सक्रिय संक्रमित छन्। यससँगै काठमाडौंमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार ५५६ पुगेको छ।
यस्तै भक्तपुरमा ३ हजार २५२ जना सक्रिय संक्रमित छन् । यससँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४५ पुगेको छ । यस्तै ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित छन् ।
योसँगै ललितपुरमा सक्रिय संक्रमितको संख्या २३ हजार २ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्यु भएको छ ।