• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको मारमा आइपिएल : अनिश्चितकालीन स्थगित

  • वीरगंज संजाल
  • २२ बैशाख २०७८, बुधबार १०:०७
  • २१८९

    भारत | १४औँ आइपिएल सुरु हुँदा भारतमा दोस्रो लहरको कोरोना त्यति फैलिएको थिएन । तर पछिल्लो डेढ सातामा दोस्रो लहरले भारतमा विकराल रूप लिएको छ । यसैबीच आइपिएल स्थगित किन नगर्ने भन्ने प्रश्नसमेत उठेको थियो ।

    भारतमा जारी १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल) अनिश्चितकालका लागि स्थगित भएको छ । पछिल्ला दुई दिनमा तीन टोलीका चार खेलाडी, एक प्रशिक्षक तथा दुई स्टाफ कोरोना संक्रमित भएपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले मंगलबार आइपिएल अनिश्चितकालीन स्थगित भएको घोषणा गरेको हो ।बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले भारतको कोरोना अवस्था हेरी आइपिएल रोक्नुबाहेक अन्य विकल्प नभएको प्रतिक्रिया दिएका छन् ।

    ‘हामी कोही पनि भारतको अवस्थाबाट जानकार नभएका होइनौँ, यद्यपि स्वदेशी मात्र नभएर विदेशी खेलाडी र स्टाफ पनि संक्रमित हुने डरका साथ बसिरहेका छन्,’ उनले भने, ‘खेलाडीको परिवार तथा जनस्वास्थ्य सुरक्षार्थ नै आइपिएल रोकेको हो ।’

    शुक्लाले मंगलबार दिउँसो १:४५ बजे सहभागी टोलीका सदस्य संक्रमित भएका कारण आइपिल तत्कालका लागि स्थगित गरिएको जानकारी गराएका हुन् । आइपिएलमा अझै ३१ खेल बाँकी छन् भने २९ खेल भइसकेको छ ।

    सोमबार कोलकता नाइट राइडर्स र चेन्नई सुपर किंग्सका खेलाडीहरू संक्रमित भएका थिए । कोलकताका वरुण चक्रवर्ती र सन्दीप वारियर सुरुमा संक्रमित भएको रिपोर्ट सार्वजनिक भयो । त्यसको केही समयपछि नै चेन्नईका बलिङ प्रशिक्षक लक्ष्मीपति बनलाजीसँगै अन्य स्टाफसमेत संक्रमित भएको सार्वजनिक भयो । मंगलबार सनराइजर्स हैदरावादका रिद्धिमान साह तथा दिल्ली क्यापिटल्सका अमित मिश्रा पनि संक्रमित भएका छन् ।

    सोमबार र मंगलबार आइपिएलका खेलाडी, प्रशिक्षक र स्टाफ संक्रमित रिपोर्ट आएपछि आइपिएल स्थगित गरिएको बिसिसिआईका उपाध्यक्ष शुक्लाले बताए । अब आइपिएल पुनः सुचारु कहिले हुन्छ भनी निर्णय बिसिसिआईले गरेको छैन ।

    आइपिएल सुरु हुनुअघि कोलकताका नितिश राणा, रोयल च्यालेन्जर्स बेंग्लोरका देवदत्त पडिक्कल, दिल्लीका अक्षर पटेल, बेंल्लोरका डेनियर सेम्स, दिल्लीका एन्रिक तथा मुम्बईका सहायक प्रशिक्षक किरण मोरे संक्रमित भएका थिए । यी सबै संक्रमित खेलाडी तथा प्रशिक्षक क्वारेन्टिनपछि नेगेटिभ रिपोर्ट आएपछि टोलीमा सम्मलित भएका थिए । १४औँ आइपिएल सुरु हुँदा भारतमा दोस्रो लहरको कोरोना त्यति फैलिएको थिएन । तर, पछिल्लो डेढ सातामा दोस्रो लहरले विकराल रूप लिएको छ । यसैबीच आइपिएल स्थगित किन नगर्ने भन्ने प्रश्नसमेत उठेको थियो । तर, आइपिएल चलिरहँदा खेलाडी संक्रमित भएको समाचार नआएका कारण खेल जारी थियो ।

    भारतमा फसे ६ देशका ६१ विदेशी खेलाडी, ४० कमेन्टेटर
    आइपिएल स्थगित भएपछि सबैभन्दा ठूलो चुनौती विदेशी खेलाडीलाई कसरी व्यवस्थापन गरी सुरक्षित रूपमा घर पुर्‍याउने भन्ने प्रश्न आयोजकमाथि तेर्सिएको छ । आइपिएलमा ६ देशका ६१ विदेशी खेलाडी सहभागी छन् । चेन्नई, दिल्ली, कोलकता, मुम्बई, सनराइजर्स हैदरावाद तथा पुणेमा समान आठ विदेशी खेलाडी छन् । यसैगरी राजस्थानमा ६ र बेंग्लोरमा सात विदेशी खेलाडी छन् । आइपिएलमा अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज तथा बंगलादेशका खेलाडी तथा स्टाफ छन् । साथै यी सबै देशबाट ४० भन्दा बढी कमेन्टेटरका रूपमा आइपिएलमा आबद्ध छन् । अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण सबै विदेशी भारतमा फसेका छन् ।

    अन्तर्राष्ट्रिय हवाई उडान बन्द
    युएई, बेलायत तथा अस्ट्रेलियाजस्ता देशमा अन्तर्राष्ट्रिय हवाई सेवा बन्द छन् । ती देशहरूबाट भारत आउने सबै उडान रोकिएको छ । बिसिसिआईले विदेशी खेलाडीलाई सुरक्षित रूपमा घर कसरी पुर्‍याउने सम्बन्धमा छफलफल भइरहेको जनाएको छ । तर, अन्तर्राष्ट्रिय हवाई सेवा नहुँदासम्म ती खेलाडी घर फर्काउन सक्ने अवस्था छैन । त्यसवेलासम्म उनीहरू भारतमै बस्नुपर्ने हुन्छ ।

    अस्ट्रेलिया र बंगलादेशले भारतबाट आउने सबै अन्तर्राष्ट्रिय फलाइट बन्द गरेका छन् । भारतबाट इंग्ल्यान्ड जाने व्यक्तिहरू कम्तीमा दश दिन कडा क्वारेन्टाइनमा बस्नुपर्छ । बेलायत सरकारले मान्यता दिएको होटेलमा मात्र भारतबाट जाने खेलाडी तथा सर्वसाधारण क्वारेन्टिनमा बस्नुपर्ने नियम छ । आठौँ दिनमा कोरोना परीक्षण गर्नुपर्छ ।

    केही समयअघि युएईले भारतबाट आउने फ्लाइट रोकेको थिएन । तर, भारतमा बढ्दो संक्रमित संख्याबाट भयभीत बनेको युएईले १४ मेसम्म भारतबाट आउने र युएईबाट भारततर्फ जाने उडान बन्द गरेको छ । बंगलादेशले १ मेदेखि भारत र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय फ्लाइट बन्द गरेको छ ।

    खेलाडीलाई देशमा नआउन अस्ट्रेलियाको चेतावनी
    न्युजिल्यान्ड क्रिकेट बोर्डले भारतमा रहेका आफ्ना खेलाडीसँग नियमित सम्पर्कमा रहेको जानकारी दिएको छ । बोर्डले न्युजिल्यान्डका सबै खेलाडी तथा अफिसियल सुरक्षित रहेको जनाएको छ । तर, न्युजिल्यान्डले आफ्ना खेलाडी तथा अफिसियललाई घर फर्काउनेबारे कुनै योजना बनाएको छैन । खेलाडीलाई होटलमै सुरक्षित रहन सल्लाह दिएको बोर्डको भनाइ छ ।

    अस्ट्रेलियाले भने १५ मेसम्म भारतबाट आउने सबै फलाइट्समाथि प्रतिबन्ध लगाएको छ । यसैबीच कोही पनि अस्ट्रेलियन खेलाडी वा स्टाफ भारतबाट आए उनीहरूलाई जेलमा पठाइने चेतावनी दिएको छ । क्रिकेट अफ अस्ट्रेलियाले भारतमा रहेका कुनै पनि खेलाडीलाई तत्काल फिर्ता बोलाउने योजना नभएको स्पष्ट पारेको छ । चार्टर्ड फ्लाइटबाट पनि खेलाडी ल्याउन सक्ने अवस्था नभएको सिएको भनाइ छ ।

    आइपिएल रोक्न रिट
    बिसिसिआईले आइपिएल स्थगित गर्नुअघि दिल्लीस्थित उच्च अदालतमा ‘जनस्वस्थ्य केन्द्रित’ रहन प्रतियोगिता रोक्नुपर्ने मागसहित वकिल तथा सामाजिक कार्यकर्ता करण सिंह ठकरालले रिट दायर गरेका थिए । यद्यपि रिट दायर गरेका वकिल ठकराल पनि संक्रमित छन् । उनले आफ्ना एक सहयोगीमार्फत आइपिएल तत्काल रोक्नुपर्ने भन्दै रिट राखेको भारतीय मिडियाहरूले जनाएका छन् । ‘मानिसको स्वास्थ्यभन्दा आइपिएललाई बढी प्राथमिकता दिइरहेको छ, यो अहिले रोकिनुपर्छ,’ ठकरालले भनेका छन् । यद्यपि दिल्लीको उच्च अदालतले यस सम्बन्धमा कुनै अन्तरिम आदेश जारी गरेको छैन । यसैगरी इंग्ल्यान्डका पूर्वकप्तान तथा कमेन्टेटर केभिन पिटरसनले पनि खेलाडीको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने भनी आइपिएल रोक्न अपिल गरेका थिए ।

    बिसिसिआईलाई दुई हजार करोड नोक्सान
    आइपिएल स्थगित भएपछि बिसिसिआईले सम्भवत दुई हजार करोड भारु घाटा सहनु पर्छ । सेप्टेम्बरमा भारतले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । कोरोनाको दोस्रो लहर नियन्त्रण नहुँदा भारतले विश्वकपको आयोजनासमेत गुमाउने अवस्था छ । आइपिएल र विश्वकपसमेत गुमाउँदा भारत हजारौँ करोड घाटा बेहोर्न बाध्य हुनेछ ।

    आइपिएल रोकिनुअघिको अवस्था
    ४ मेमा सनराइडर्स र मुम्बईबीच आइपिएलको ३२औँ खेल हुने तय थियो । तर, कोरोना भाइरसका कारण यो खेल रद्द भयो । त्यसपछि आइपिएलका कुनै पनि खेल भएन । अहिलेसम्म साविक उपविजेता दिल्लीले आठ खेलमा सर्वाधिक १२ अंक बटुली शीर्ष स्थानमा छ । गत वर्ष प्ले अफ दौडबाट बाहिरिएको चेन्नई १० अंकका साथ दोस्रो स्थानमा छ । बेंग्लोरको पनि १० अंक नै छ । बेंग्लोर रनरेटमा पछि पर्दा तेस्रो स्थानमा छ ।

    साविक विजेता मुम्बईले आठ अंक बटुली चौथो स्थान रक्षा गरेको छ । राजस्थान ६ अंकका साथ पाँचौँ, पन्जाब ६ अंकका साथ छैटौँ र कोलकता चार अंकका साथ सातौँ स्थानमा छन् । हैदरावाद दुई अंकका साथ पुछारमा छ । दिल्लीका शिखर धवनले आठ खेलबाट सर्वाधिक तीन सय ८० रन बटुलेका छन् । बेंग्लोरका हर्सल पटेलले सात खेलबाट सर्वाधिक १७ विकेट हात पारेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑