कृष्णा कुशवाहा।पर्सा जिल्लाको छिपरमाई गाउँपालिकाका सम्पूर्ण कोरोना भाइरस संक्रमितको उपचार कुनै अस्पतालमा गराउँदा सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताए । साथै कोरोना भाइरस संक्रमण देखिएको मानिसको उपचारको क्रममा मृत्यु भएका व्यक्तिको घरमा एक व्यक्तिको रोजगार दिने घोषणा गर्नु भएको छ। गाउँपालिकाका कुनै मानिसलाई ज्वरो,खोकी वा कोरोना भाइरस संक्रमणको लक्षण देखा परेका व्यक्तिलाई छिपरमाई गाउँपालिकाको अस्थाई आइसोलेन् वार्डमा लागि आवश्यक उपचार गरिने गाउँपालिका अध्यक्ष गुप्ताले बताए।गाउँपालिका अन्तर्गत रहेको बर्थिङ सेन्टरलाई अस्थाई कोभिड अस्पतालमा परिणत गरी सेवा दिने तयारी गरिएको छ।यस अघि गाउँपालिकाको वडा नं २ सेढामा अस्थाई ८ बेडको आइसोलेन निर्माण गरिएको छ।