• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफैँ थला पर्दा पनि बिरामीलाई जोगाउँदै

  • वीरगंज संजाल
  • २० बैशाख २०७८, सोमबार १६:४५
  • २४२५

    काठमाडौं । एक चिकित्सक पीपीई सेटसहित कुर्चीमा बसेका छन् । टेबलभरी बिरामीको रेकर्ड फाइल फिजाइएको छ । त्यसमा उनी केही हेरिरहेका छन् । सायद उनी रेकर्ड पल्टाएर बिरामीको स्वाथ्य अवस्थाबारे विश्लेषण गरिरहेका छन् ।

    बिरामीको स्वास्थ्य अवस्थाबारे बुझ्नु, विश्लेषण गर्नु एक असल चिकित्सकको धर्म नै हो । तर स्वयम उनको देब्रे हातमा क्यानुला जडान गरिउको छ । स्ट्यान्डमा झुन्डाइएको सेतो बोतलमार्फत शरीरमा स्लाइन पानी चढिरहेको छ ।

    यो दृश्यले यतिबेला जो कसैको ध्यान आकर्षित गरेको छ । सबैको मन छोएको छ । दृश्यले प्रष्ट हुन्छ तीं चिकित्सक आफै बिरामी छन् तर उनी बिरामीको सेवामा अनवरत खटिरहेका छन् ।

    यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफै अस्वस्थ्य भएर पनि २४ सै घण्टा कोरोना संक्रमित बिरामीको उपचारमा डटेकोमा ‘सलाम छ डाक्टर सा’व !’ भन्दै उनको प्रशंसा भइरहेको छ ।

    ‘राज्यका नीति निर्माताहरू भने महामारीमा जनताले सास फेर्न अक्सिजन नपाउँदा पनि दलीय स्वार्थमै सीमित रहेका छन् । जनता रहे पो देश रहन्छ, देश रहे दल र नेता रहन्छ होइन र ?’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारको आलोचना गरिरहेका छन् ।

    ‘सेवा नै धर्म हो, बिरामीको सेवामा निरन्तर जुट्न कामना’ भन्दै डा. बर्मालाई सामाजिक सञ्जालमार्फत हौसला र भावनात्मक साथ दिने प्रयोगकर्ताको कमी छैन ।

    आफ्नो ज्यानको बाजी लगाएर संक्रमितको उपचारमा खटिने चिकित्सक हुन् डाक्टर पुरुषोत्तम बर्मा । उनी यतिबेला बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा अनवरत सेवामा छन् ।

    बिरामीको उपचारमा खट्ने क्रममा एक्कासी उनलाई पेट दुख्ने, झाडा पखला लाग्ने समस्या देखियो । झाडा पखलाले शरीर निकै गलायो । उनलाई स्लाइन पानी नै चढाउनुपर्ने भयो । उनलाई टाउको दुख्ने समस्या पनि थपियो । त्यति मात्रै होइन श्वासप्रश्वासमा समेत समस्या आउन थाल्यो । प्रेसर लो भयो । जसले गर्दा उनलाई इन्जेक्सन दिनुपर्ने भयो ।

    कोरोनासँग मिल्दो जुल्दो लक्षणले उनलाई गलाए पनि अस्पतालमा बिरामीको चाप झन् झन् थपिँदै गयो । उनलाई कर्तव्यबाट भाग्न मन लागेन । त्यसपछि उनले आफ्नो र बिरामीको उपचार एकसाथ अगाडि बढाए । त्यही तस्बिर हो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको ।

    उनीसँगै काम गर्ने २/३ जना चिकित्सकमा संक्रमण पुष्टि भइसकेको छ । उनीहरु सबै होमआइसोलेसनमा छन् । सँगैका साथी संक्रमित भएपछि बढ्दो बिरामीको चापको जिम्मेवारी पनि उनमा थपियो । साथीहरुमा लक्षण पनि नदेखिएको उनी बताउँछन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका कारण शनिबार उनले पनि पीसीआर परीक्षण गराएका छन् । तर उनको रिपोर्ट भने आइसकेको छैन ।

    अस्पतालमा ३८ जना संक्रमित उपचाररत छन् । सबैको अवस्था गम्भीर रहेको उनको भनाइ छ । ‘सबै बिरामीलाई अक्सिजन सपोर्ट दिनुपरेको छ । यस्तो अवस्थामा २४ सै घण्टा उनीहरुको निगरानी जरुरी पर्छ’, उनले भने, ‘त्यसैले चिकित्सकहरू जुनसुकै बेला पनि चनाखो भएर बस्नुपर्ने अवस्था छ ।’

    बिरामी शरीर लिएर पनि उपचारमा खटिँदा बिरामीहरूको मनोबल बढेको आफूले पाएको उनले सुनाए । डाक्टर बर्माले भने, ‘कोरोनालाई पराजित गर्न उनीहरूमा आएको मनोबलले मलाई थप हौसला मिलेको छ ।’

    ‘सेवा नै धर्म हो, बिरामीको सेवामा निरन्तर जुट्न कामना’ भन्दै डा. बर्मालाई सामाजिक सञ्जालमार्फत हौसला र भावनात्मक साथ दिने प्रयोगकर्ताको कमी छैन । एक डाक्टरको यो समर्पणको प्रसंसा गर्नेले देश थला परेकोबेला राजनीतिको सत्ता गिराउने र जोगाउने ‘फोहोरी’ खेल भइरहेकोप्रति आक्रोस समेन व्यक्त गरेका छन् ।

    कुराकानी गर्दागर्दै कोरोना संक्रमणबाट थप दुई जना गम्भीर प्रकृतिका बिरामी आएको भन्दै उनले अनलाइनखबरसँग टेलिफोनवार्ता छोट्याउन आग्रह गरे । एउटा डाक्टरको बिरामीप्रतिको समर्पणमा हामीले पनि अवरोध भइरहन चाहेनौँ ।

    नेपालगञ्ज मेडिकल कलेजमा मात्रै होइन बिरामीको सेवामा अनवरत खटिएका बाँकेकै भेरी अस्पतालमा कार्यरत ९ जना चिकित्सकसहित ९० जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । संक्रमितको चाप उच्च हुँदै जाँदा उपचारमा खटिने चिकित्सकको अभाव पनि चुलिँदै गएको छ । राज्यले भने अवस्था जति भयावह छ, त्यो अनुरुपको यथेष्ट प्रबन्ध मिलाउन सकेको छैन ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइतबार मात्रै कोरोना महामारीको उपचारका लागि थप स्वास्थ्यकर्मी पठाइदिन उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आग्रह गरेका छन् । सुनुवाई कहिले हुने हो ? त्यो अनिश्यकै गर्भमा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑