बीरगन्ज | नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका थप तीन जनालाई स्पष्टिकरण सोधिएको छ ।
यसअघि प्रतिधिसभाका २७ सहित ३२ जनालाई स्पष्टिकरण सोधिएकोमा थप ३ जनालाई पनि सोध्ने निर्णय पार्टीले गरेको हो ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसदहरु समिना हुसने, कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधेका हुन् ।
स्पष्टिकरण सोधेका तीनै जना सांसदलाई पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो ? भनेर प्रश्न गरिएको छ ।