बीरगन्ज | बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा १०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।
थपिएका संक्रमतिहरुमा पर्साका ८८, बाराका ११, रौतहटका ४ र सर्लाहीका १ जना रहेका छन् । संक्रमितहरु १७ वर्षदेखि ७९ वर्ष उमेरसमुहका रहेका छन् ।
३८ जना महिलासहित थपिएका संक्रमितहरुको सिटि भ्यालु १५.५ देखि ३५.५ सम्म रहेको डा. दासले बताए ।