वीरगञ्ज । वीरगञ्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटेलमा नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोभिड अस्पतालमा उपचाररत एक बृद्धको मृत्यु भएको हो । वीरगञ्जो छपकैया निवासी ६७ वर्षीय बृद्धको उपचारको क्रममा शनिवार बिहान ६ बजे मृत्यु भएको उपचारमा संलग्न डा. ओमप्रकाश कुश्वाहले जानकारी दिए ।
डा. कुश्वाहका अनुसार ३ दिनअघि कोरोना संक्रमण पुष्ठि भएपछि भर्ना भएका पुरुषलाई २४ घण्टादेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । हाईफ्लोमा अक्सिजन दिँदा पनि बचाउन नसकिएको डा. कुश्वाहले बताए ।यसअघि शुक्रवार बेलुका पनि सोही अस्पतालमा उपचाररत एक ७४ वर्षीय बृद्ध महिलाको मृत्यु भएको थियो ।
बैशाख १४ गते कोरोना पुष्ठि भएपछि १५ गते नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा भर्ना वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ बस्ने बृद्ध महिलाको शुक्रवार बेलुकी साढे ५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्सााक प्रशासकिय अधिकृत बिनय श्रीवास्तवले जानकारी दिए ।