• Home
  • election
  • election
  • e-Papper
आज:बिहीबार २५ बैशाख, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    थेगिनसक्नु संक्रमित र कमजोर स्वास्थ्य पूर्वाधार, अन्तत : सरकारले हात उठायो

  • वीरगंज संजाल
  • १८ बैशाख २०७८, शनिबार ०७:२७
  • २५२१

    वीरगंज। कोभिड १९ को तीब्र संक्रमणकाबीच त्रासमा रहेका आमसाधारणलाई थप अत्याउनेगरी शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम सर्वसाधारणका नाममा एक अपील जारी गर्‍यो ।अपीलमा भनिएको छ – स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न र शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।

    कोभिड महामारी नियन्त्रण बाहिर गएको र अब यसलाई थेग्ने क्षमता नरहेको भन्दै सरकारले हात उठाएको छ । साथै सरकारले अब आफैं संवेदनशील हुन आमसर्वसाधारणलाई अपील गरेको छ ।

    यसले नेपालमा कोभिड संक्रमण कति भयावह स्थितिमा पुगेको छ भन्ने चित्रित गरेको छ । यसै पनि कमजोर स्वास्थ्य पूर्वाधार रहेको नेपालमा देशव्यापी महामारीलाई थेग्न नसक्ने भयो नै ।

    दैनिक ६ हजार पुगे संक्रमित, ३८ हजार सक्रिय संक्रमित

    पछिल्ला दिनहरुमा कोभिड १९ को संक्रमण तिब्र गतिमा फैलिएको छ । शुक्रबार एकै दिन पाँच हजार सात सय २७ नयाँ कोभिड संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड अपडेट विवरण अनुसार पछिल्लो २४ घण्टामा कोभिड संक्रमित ३३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांक अनुसार १७ गतेसम्म देशभर कोभिड संक्रमितको संख्या ३८ हजार आठ सय १३ छ ।

    सक्रिय कोरोना संक्रमितको यो संख्याले नेपालमा कोरोना संक्रमणको भयावह अवस्था देखाएको छ ।

    संक्रमण फैलिन थालेपछि २३ जिल्लामा निषेधाज्ञा

    कोभिडको संक्रमण फैलिन थालेपछि अहिले धमाधम जिल्लाहरुले निषेधाज्ञा गर्न थालेका छन् ।

    काठमाडौं उपत्यका र तराईमा पाँच सय र पहाडी तथा हिमाली क्षेत्रमा दुई सय संक्रमित नाघे सम्बन्धित जिल्लाले निषेधाज्ञा गर्न सक्ने निर्णय केही दिनअघि मन्त्रिपरिषद्ले गरेको थियो ।

    सरकारको यही निर्णयका आधारमा चार जिल्लामा आंशिकसहित २३ जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।

    गृह मन्त्रालयका अनुसार हालसम्म बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा र झापामा पूर्ण तथा दार्चुला, बर्दिया, कालिकोट र बागलुङमा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

    संक्रमण फैलिँदै जाँदा निषेधाज्ञा गर्ने क्रम पनि बढ्दै गएको छ ।

    अस्पतालका आईसीयू र भेन्टिलेटर भरिए

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांक अनुसार अहिले देशभर सबै अस्पतालमा गरेर एक हजार चार सय ८६ आईसीयू बेड छन् । त्यस्तै ६ सय ३४ भेन्टिलेटर छन् ।

    यीमध्ये अधिकांश आईसियु र भेन्टिलेटर अहिले कोभिडको उपचारमा लगाइएको छ ।

    कोरोना संक्रमित बढ्दै जाँदा अहिले अधिकांश अस्पतालमा आईसीयू र भेन्टिलेटर भरिसकेका छन् । काठमाडौं उपत्यकाका ठूला अस्पतालमै पनि आईसियु र भेन्टिलेटर पाउन मुस्किल छ ।

    कोरोना संक्रमितको उपचारका लागि अस्पतालहरुले छुट्याएका बेड भरिएर थप संक्रमित लिन नसक्ने अवस्थामा रहेको अस्पतालहरुले बताइरहेका छन् । जसका कारण गम्भीर संक्रमितहरुसमेतले उपचार नपाउने स्थिति निम्तिएको छ ।

    १९ हजार बेड, सबै भरिए

    अहिले देशभरका अस्पतालमा झन्डै १९ हजारको संख्यामा शय्या (बेड) छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर रहेका अस्पतालमा साधारण शैय्याको संख्या १८ हजार नौ सय १७ छ ।

    कोभिड संक्रमण तीब्र गतिमा फैलिँदा अहिले अस्पतालमा बेड भरिभराउ भएका छन् । सामान्य विरामी अस्पताल नगएको अवस्थामा कोभिड संक्रमितले नै अस्पतालका शैय्या भरिन थालेका छन् ।

    यसैलाई उल्लेख गर्दै शुक्रवार मन्त्रालयले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ – स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण बढेकाले अस्पतालहरुमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।

    गम्भीर संक्रमितलाई चढाउने अक्सिजन पनि छैन

    अधिकांश अस्पतालहरुमा गम्भीर खालका संक्रमितलाई दिनुपर्ने अक्सिजनको पनि अभाव छ ।

    कोभिड संक्रमणका कारण सामान्य अवस्थाको तुलनामा अक्सिजनको माग झन्डै दोब्बरले बढेको छ । बिरामीलाई नै अभाव भएपछि अक्सिजनको औद्योगिक खपत रोकिएको छ ।

    अक्सिजन अभाव भएपछि गत साता परराष्ट्र मन्त्रालयले भारत सरकारलाई तरल अक्सिजन उपलब्ध गराउन पत्रै लेख्यो ।

    आफैं अभाव झेलिरहेको भारतलाई अक्सिजनसहितको स्वास्थ्य सामग्री पठाउन सरकारले पत्राचार गरेको हो । अक्सिजन अझै आइसकेको छैन ।

    अन्ततः सरकारले हात उठायो

    नेपालमा पछिल्लो समय कोभिड १९ को संक्रमण डरलाग्दो गरी फैलिएको भन्दै अन्ततः सरकारले हात झिकेको छ । देशको स्वास्थ्य प्रणालीले नै धान्न नसक्ने अवस्था आएको भन्दै सरकारले आफैं सचेत हुन नागरिकलाई भनेको छ ।

    मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबुनपानीले हात धुने जस्ता संक्रमण नियन्त्रणका जनस्वास्थ्य मापदण्ड पालना गर्नु नै अहिलेको उत्तम उपाय भएको शुक्रबार मन्त्रालयले जारी गरेको अपिलमा उल्लेख छ ।

    ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन हार्दिक अपिल छ’ अपीलमा भनिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑