रौतहट ।रामसरन यादव।कटहरिया नगरपालिका क्षेत्रमा लाग्दै आएको हाट बजारहरू तत्काल बन्द हुने भएको छ ।
नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणको दर रौतहट जिल्लामा उच्च भएको र जिल्लामा संक्रमितहरुको संख्या उच्य रहेको हुनाले कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुसवाहाको विशेष पहलमा आफ्ना नगरका नागरिकहरु लाई संक्रमणको जोखिममा नपरुन् र सामाजमा फैलन नपाओस् भनेर अर्को सूचना जारी नहुन्जेल सम्मको लागि बिहीबार कटहरिया नगरपालिका द्वारा एक सूचना जारी भएको हो ।
नगरपालिकाका विभिन्न वडाहरुको विभिन्न स्थानहरूमा हाट बजार सञ्चालनमा रहेका छन । सबैभन्दा बढी भिड हुने बजार कटहरिया हाट बजार रहेको छ ।
ग्राहक वर्ग, व्यापारीहरु तथा स्थानीय ठेकेदारहरुलाई लक्षित गरी सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।