बारा । सिकिन्द्र साह । बारा जिल्लाकाे पचरौता नगरपालिका अन्तर्रागत रहेको वाडा नम्बर दुई बिसुनपुर टाेलमा नगर प्रमुख रमेशकुमार यादवद्वरा राम मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न भएको थिए ।
बिसुनपुर टाेलमा बिगत लामाे समयदेखि स्थानिय बासिन्दाहरुले सानाे र जिर्न अवस्थामा रहेको घरमा पुजा पाट गर्दै आइरहेको अवस्थालाइ नगर प्रमुखले नगरकाे याेजनाबाट ठुलाे भवन निर्माण गरि मन्दिरको छेउमा बृक्षाराेपन गरेर चौतारी निर्माण गर्न याेजना समेत रहेकाे समेत बताएका थिए।
शिलान्यास कार्यक्रममा नगर प्रमुखले बोल्दै२०७३ काे संविधान अन्तर्रागत रहेको कानुनकाे धारा अनुसार हरेक सम्प्रदायले आ आफ्नो धर्मको रक्षा गर्नु पर्न आवश्यकता रहेको तथा अध्यात्मिक चिन्त्न गर्न समुदायमा बासाेबास गर्न ब्यक्ती तथा प्रतैक धर्मको रक्षा गर्नु पर्न आवशयकता भएकोले म आफ्नो पदयि दायित्व निर्वाह गरेको समेत बताएका थिए।
कार्यक्रममा प्रमुख प्रसास्किय अधिकृत श्याम प्रसाद यादव वाडा सदस्य बिसनाथ पटेल पुर्ब गाबिस अध्यक्ष सत्यनारायण प्रसाद यादव जसपा युवा नेता राजेस प्रसाद यादव समाजसेबि लडु प्रसाद यादव शिक्षक सन्जय प्रसाद यादव तथा स्थानिय जनप्रतिनिधि भद्रभलादमि तथा धार्मिक चिन्तन गर्न सन्तहरुको सहभागितामा शिलान्यास कार्यक्रम सम्पन्न भएको थिए।