वीरगन्ज | प्रदेश २ मा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गौर अस्पताल रौतहट, नारायणी अस्पताल वीरगन्जमा बिहीबार गरिएको परीक्षणमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ६४ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए।
बिहीबार पर्सामा १ सय ४१, धनुषामा ४६, बारामा २३, रौतहटमा १७, महोत्तरीमा १५, सिरहामा ७, सर्लाहीमा ६, सप्तरीमा १ र अन्य प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ८७ पुगेको छ।
पर्सामा सबैभन्दा बढी १ हजार १ सय १ सय १३ कोरोनाको सक्रिय संक्रमित छन्। त्यस्तै, धनुषामा २ सय ४९, बारामा २ सय १८, रौतहटमा १ सय १६, महोत्तरीमा ६९, सप्तरीमा ४४, सिरहामा ३९ र सर्लाहीमा १६ जना कोरोनाका सक्रिय संक्रमित छन्।