वीरगञ्ज | वीरगञ्जमा थप एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ।
कोरोना संक्रमित वीरगञ्ज महानगरपालिका–१२ निवासी ४० वर्षीय पुरुषको बिहीबार नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए।
संक्रमित पुरुषको उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको दासले बताए। गत वैशाख १२ गते एन्टिजेन परीक्षण गर्दा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा निमोनियाको समस्या देखिएको थियो।