• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सीमानाका व्यवस्थित गर्न नसक्दा प्रदेश २ मा बढ्दै छ जोखिम

  • वीरगंज संजाल
  • १५ बैशाख २०७८, बुधबार १७:२५
  • २४४९

    जनकपुरधाम । गत वर्ष कोरोनाको ‘हटस्पट’ बनेको प्रदेश २ पुनः एक पटक ‘हटस्पट’ बन्ने संकेत देखिएको छ। यस प्रदेशका ८ वटै जिल्ला भारतसँग जोडिएको भएपनि सरकारले यसलाई व्यवस्थित गर्न नसकेपछि पुनः जोखिम बढ्दै छ।

    प्रदेशका ८ वटै जिल्लाको भारतसँग खुल्ला सीमानाका भएका कारण भारतबाट नेपाल र नेपालबाट भारत जानेको संख्यामा कमि आएको छैन।

    मानिसको आवतजावत जारी रहेपनि स्वास्थ्यको न्यून्तम मापदण्डसमेत अपनाइएको छैन।

    पारिवारिक सम्बन्ध तथा सीमापारी सामानहरु सस्तो मूल्यमा पाउने गरेको कारण दिनहुँ ठूलो संख्यामा नेपालीहरु भारत गएर फर्कने गरेका छन्। भारतमा कोरोना संक्रमण भयावह बन्दै गएपछि त्यहाँ रोजगारीमा रहेका नेपालीहरु समेत फर्कने गरेका छन्। तर उनीहरुलाई भने स्वास्थ्य परीक्षण बिना नै घर पठाइने गरिएको छ।

    प्रदेशको सप्तरीको कुनौली, सिरहा माडर, धनुषाको इनर्वा, जटही, महोत्तरीको भिठामोड, मटिहानी, सर्लाहीको सोनवर्सा, रौतहटको वैरगिनिया, पर्साको रक्सौल लगायत दर्जनौँ नाकाबाट मानिसहरु आउने गरेका छन्। चोर बाटो भएर आउनेहरुको तथ्यांकसमेत प्रहरीसँग छैन। वैशाख १ गते यता २० हजार १ सय ५० जना विभिन्न नाकाबाट प्रवेश गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।

    मंगलबार प्रदेशको विभिन्न नाका भएर १ हजार ५ सय ८१ जना नेपाल प्रवेश गरेका छन्। त्यस्तै सोमबार २ हजार ९१, आइतबार १ हजार ५ सय ६८ जना भारतबाट नेपाल प्रवेश गरेका छन्। प्रवक्ता प्रसाईले दिनहुँ १५ सयदेखि २ हजारसम्म मानिस नेपाल प्रवेश गर्ने गरेको तथ्यांक नेपाल प्रहरीसँग रहेको बताए।

    भारतमा कोरोना संक्रमण माहामारीको रुप लिएसँगै यसको प्रत्यक्ष प्रभाव नेपालमा समेत परेको हो। यद्यपि खुल्ला सीमानाका कारण आवागमन जारी नै रहेकाले जोखिम बढेको छ। भारतबाट नेपाल प्रवेश गर्नेहरु निर्वाध रुपमा नेपाल भित्रिँदै छन्।

    नेपालबाट भारत र भारतबाट नेपाल आउजाउ गर्नेको संख्या अत्याधिक रहेपनि प्रहरीसँग त्यसको तथ्यांक छैन। चोरबाटो भएर आवतजावत गर्नेहरुको संख्या अत्याधिक रहेको छ। भारतबाट आउनेहरुको जाँचको लागि नाकामा तापक्रम जाँच्ने थर्मोलगन बाहेक केही छैन।

    प्रदेशमा तयारी न्यून


    कोरोना महामारीको दोस्रो लहरको प्रकोप प्रदेश २ मा बढेपनि सरकारी स्तरबाट त्यसको कुनै तयारी भएको छैन। प्रदेश २ सरकार अहिले पनि निर्णयमै सीमित हुन पुगेको छ। कोरोनाविरुद्धको लडाईंमा प्रदेश २ अझै प्राविधिक रुपले तयार हुन नसकेको चिकित्सकहरु बताउँछन्।

    प्रदेश २ मा अहिले कुल १ हजार ४ सय १७ जना कोरोना संक्रमित छन्। जसमा पर्सामा मात्रै ८ सय ६७ जना सक्रिय कोरोना संक्रमित रहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार मंगलबारसम्ममा बारामा १ सय ७१, धनुषामा १ सय ५८, रौतहटमा ९१, महोत्तरीमा ४९, सप्तरीमा ४४, सिरहामा २६ र सर्लाहीमा ११ जना सक्रिय संक्रमित रहेका छन्।

    प्रदेशमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढेपनि उपचारको लागि अति आवश्यक आइसीयू, भेन्टिलेटर लगायतका अत्यावश्यक उपकरण तथा दक्ष जनशक्तिको अभाव रहेको छ। कोरोना महामारी आएपनि प्रदेशका सबै जिल्लामा भेन्टिलेटर तथा आइसीयुको व्यवस्था गरिएको छ तर जनशक्तिको अभावमा त्यो प्रयोगविहीन नै बनेको छ।

    प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख नवल झाका अनुसार अहिले प्रदेश २ मा जम्मा ४५ वटा भेन्टिलेटर उपलब्ध छन्। वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १०, वीरगञ्जकै नेशनल मेडिकल कलेजमा १०, जनकपुरधामको प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर तयारी अवस्थामा छन्।

    त्यस्तै महोत्तरीको जलेश्वरमा ५, सप्तरीको राजविराजमा ४, बाराको कलैयामा २, रौतहटको गौरमा ४, सिरहामा २ र लहानमा १ भेन्टिलेटर छ। सर्लाहीमा भने अहिले एउटा पनि भेन्टिलेटर उपलब्ध छैन।

    प्रदेशमा ४५ वटा भेन्टिलेटर भएता पनि जनशक्तिको अभावमा अधिकांश भेन्टिलेटर प्रयो विहीन रहेको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए। उनले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा मात्रै दक्ष जनशिक्त रहेको र जनकपुरधामको प्रादेशिक अस्पतालमा जसोतसो चलिरहेको बताए।

    प्रदेशका विभिन्न जिल्लामा ७१ बेडको आइसीयुको व्यवस्था रहेको छ। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा १५, नेशनल मेडिकल कलेजमा २६, जनकपुरधामको प्रादेशिक अस्पतालमा १०, रौतहटको गौरमा १० वटा, जलेश्वरमा ५ र सिरहामा ५ बेडको आइसीयुको व्यवस्था गरिएको छ।

    त्यस्तै प्रदेशमा १ सय ८१ बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडीयु)को व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए। वीरगञ्जको नेशनल मेडिकल कलेजमा सबैभन्दा बढी ३१ बेडको एचडीयु रहेको छ।

    त्यस्तै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल र राजविराजमा २५/२५ बेड तथा बाँकी जिल्लाहरुमा १५/१५ बेडको एचडीयुको व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑