• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दिल्लीमा संक्रमणकाे सुनामी: अन्तिम संस्कारका लागि ठाउँ अभाव

  • वीरगंज संजाल
  • १५ बैशाख २०७८, बुधबार १०:११
  • ३५१३

    वीरगन्ज । कोरोना महामारीले जुन रफ्तारमा मानिसहरुको ज्यान लिइरहेको छ, त्यसले भारतको राजधानी दिल्ली शहरस्थित शमशान घाटमा दाहसंस्कारका लागि ठाउँको अभाव हुँदै गएको छ।

    यो अवस्थालाई मध्यनजर गर्दै दिल्लीमा अस्थायी शवदाह गृह बनाउन थालिएकाे छ। महामारीको दोस्रो लहरमा संक्रमणको सुनामी आएसँगै ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ। सोमबार मात्रै दिल्लीमा ३८० जनाको मृत्यु भएको छ।

    मेडिकल अक्सिजन, आइसियु बेड तथा जीवन रक्षक औषधिको अभाव भइरहेको छ। पछिल्लो दुई हप्तामा मात्रै २० लाख भन्दा धेरै संक्रमित थपिएका छन्। पछिल्ला दिनहरुमा दैनिक साढे तीन लाखको हाराहारीमा संक्रमित थपिएका छन्।

    भारतमा कोरोना संक्रमित र ज्यान गुमाउनेको वास्तविक संख्या अझ धेरै हुन सक्ने अनुमान कतिपयले गरेका छन्। समाचार संस्था एनडीटिभिको एक रिपोर्टका अनुसार अघिल्लो हप्ता कम्तीमा ११५० मानिसको मृत्युको आँकडा दिल्ली सरकारको रेकर्डमा राखिएको छैन।

    यस्तो स्थिति भारतका अन्य शहरमा पनि हुन सक्ने समाचार रिपोर्टमा दाबी गरिएको छ। शवदाह गृहका कर्मचारी दिन रात नभनी काम गरिरहेका छन्।

    आफ्नो परिवारजनको दाह संस्कारका लागि आएका शोक सन्तप्त परिवारलाई पनि उनीहरु सहयोग गरिरहेका छन्। उनीहरु शव जलाउन आवश्क पर्ने काठको बन्दोबस्त गरिरहेका छन्, अरुको रीति रिवाजको पनि पालना गरिरहेका छन्।

    दिल्लीमा अब पार्किङ्ग, पार्क तथा खाली मैदानलाई अन्त्येष्टि स्थलका रुपमा प्रयोग गरिनुपर्ने माग उठिरहेको छ। धेरै परिवारहरुले आफ्ना परिवारजनको अन्तिम संस्कारका लागि घण्टौँ प्रतिक्षा गरिरहनुपरेको छ।

    दिल्लीको सराय काले खान शवदाहस्थलमा शवको अन्तिम संस्कारका लागि २७ नयाँ प्लेटफर्म बनाइएको छ। यो नजिकैको पार्कमा ८० प्लेटफर्म बनाइएको छ। दिल्ली नगर नियम यमुनाको किनारमा घाट बनाउनका लागि ठाउँको खोजी भइरहेको छ।

    शराय काले खानमा पहिला मात्र २२ शव एकैपटक जलाउन सकिने व्यवस्था थियो। यो शवदाह स्थलका एक कर्मचारीले आफूले बिहान सबेरैदेखि मध्यरातसम्म लगातार काम गरिरहेको बताए।

    गाजीपुर शवदाह स्थलको पार्किङ्ग क्षेत्रमा २० अतिरिक्त प्लेटफर्म बनाइएको छ। एक अधिकारीका अनुसार त्यहाँ अझै थप प्लेटफर्म बनाउन आवश्क भइसकेको छ किनकी शवहरु दिनप्रतिदिन बढिरहेका छन्।

    एउटा शवलाई पूर्ण रुपमा जल्न ६ घण्टा लाग्ने गर्दछ र मानिसहरुले आप्ना परिवारजनको अन्तिम संस्कारका लागि चार घण्टासम्म प्रतिक्षा गरिरहनुपरेको छ।

    दिल्लीको अन्य शमशानस्थलको हालत पनि गम्भीर छ। कोरोना संकटसँग लडिरहेका मानिसहरुको मद्दत गर्ने गैरसरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलेपमेन्टका प्रमुख सुनिल कुमार अलेदियाले शहरमा रहेका शमशानको सुविधा बिस्तारका लागि ठाउँ अभाव रहेको बताए।

    उनका अनुसार शवदाह स्थलको माग अत्यधिक बढेको छ। शरहमा झण्डै दुई करोड जनसंख्या छ। अस्पतालहरु भरिएका छन् र मेडिकल अक्सिजनको आपूर्ति सहज भइरहेको छैन।

    दिल्लीका कमसेकम दुई अस्पतालमा अक्सिजन अभावमा मानिसहरुले ज्यान गुमाउनु परिरहेको दृष्यहरु देखिएका थिए। एम्बुलेन्सको पनि अभाव भइरहेको छ।

    अस्पतालमा बेड मिलि नै हाल्यो भने पनि बिरामीलाई कसरी त्यहाँ पुर्‍याउने यो पनि एक समस्याका रुपमा खडा भएको छ। धेरै मानिसहरुको ज्यान यो कारणले पनि गुमिरहेको छ।

    सामाजिक सञ्जालमा सहयोगको अपिलका लागि गरिएका आग्रहहरु छरपष्ट देखिन्छन्। कसैले अक्सिजन सिलिण्डरका लागि त कसैले आइसियु बेड तथा कसैले औषधिका लागि गुहार गरिरहेका छन्।

    (यो सामग्री बिबिसी हिन्दीको सहयोगमा तयार पारिएको हो।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑