वीरगन्ज । पहिलोलहरकोकोरोना भाइरस करिब नियन्त्रणमा आइसकेपछि विस्तारै सामान्य बनेको हाम्रो दिनचर्या दोस्रो लहरको संक्रमणसँगै फेरि असामान्य हुँदै गएको छ । पछिल्ला दिनहरूमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको प्रकृति र रफ्तार हेर्दा अवस्था थप चिन्ताजनक बन्न पुगेकोदेखिन्छ ।संक्रमितहरुकोसंख्या दिनानुदिन उकालोलागिरहेकोछ। मंगलबार मात्रै पर्सामा ६४ जनामा संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ५जना संक्रमितकोमृत्युभएकोछ । संक्रमण पुष्टि भएकाहरुमध्ये कतिपयलाई कुनै पनि बेला भेन्टिलेटरजडित आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ । हाल नारायणी अस्पतालमा कुल १० वटा भेन्टिलेटर रहेको जनाइएको छ । जसमध्ये ५ वटा कोभिडका बिरामीका लागि छुट्ट्याईएको छ भने ५ वटा अन्य बिरामीहरुका लागि राखिएकोछ ।
आगामी दिनहरुमा यदि संक्रमित बिरामीहरुकोअवस्था झनैबिग्रिँदैजाने होभने हामीसँग पर्याप्त भेन्टिलेटरजडित उपचार कक्षहरुकोअभाव नहोला भन्न सकिन्न । कोरोना महामारी फैलिएका थुप्रै विकसित देशहरूमा समेत संक्रमितहरूको उपचार गर्न भेन्टिलेटरको अभाव भएको हामीलाई थाहै छ। समग्रमा देशमा अहिले भेन्टिलेटरकोउपलब्धता हेर्दा निश्चिन्त हुनेस्थिति छैन।
कोरोना फैलावटकोस्वरूप र तीब्रता हेर्दा कुनैपनि बेला यस क्षेत्रमा भेन्टिलेटरकोअभाव हुन सक्नेअवस्था देखिन्छं। र, योअभावकोकेही हदसम्म भए पनि पूर्ति गर्नुपर्ने समुदायकोचाह र हाम्रोसोच आज साकार भएकोछ ।
हामी, सानो पाइलाले, वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरेका छौं। स्वास्प्रश्वासमा समस्या देखिएकाहरुको उपचारमा उपयोगी प्रमाणित हुने विश्वासका साथ हामीले भेन्टिलेटर हस्तान्तरण गरेका हौँ ।
योसँगै नारायणी अस्पतालमा प्रयोगयोग्य भेन्टिलेटरको संख्या १५ पुगेको छ । सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी) सँगकोसहकार्यमा नारायणी अस्पतालमा एक महिनाका लागि भेन्टिलेटरहरुकोव्यवस्था गरेकोहो।
मंगलबार नारायणी अस्पतालमा एक कार्यक्रमकाबिच सानो पाइलाकी सचिव डा. सुष्मा तिवारीले नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गरिन्। हस्तान्तरण कार्यक्रममा नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास, डेप्युटी डाईरेक्टर डा. एनामुल हक सानो पाइलाका सञ्चालन प्रमुख जय साह,
कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफ, स्रोत तथा परिचालन प्रमुख भाजु पटेलगायतकाकोउपस्थिती रहेकोथियो।
भेन्टिलेटर हस्तान्तरण गर्दै सचिव डा. तिवारीले अवस्था सामान्य नभए भेन्टिलेटरहरुको समायवधि थप गर्न सकिने बताइन् । बढ्दै गएको संक्रमितहरुको संख्यालाई मध्यनजर गर्दै अस्पतालमा आवश्यक पर्ने थप स्वास्थ्य सामाग्रीको जोहो गर्न सानो पाइला अग्रसर रहेको जिकिर गरिन्।
सानो पाइलाले उपलब्ध गराएको भेन्टिलेटरहरु हाल कोभिडका बिरामीहरुका लागि सबभन्दा उपयोगी प्रकारकोरहेकोअस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासलेबताए । उक्त भेन्टिलेटरहरु कोभिड आईसियुर एसडियुमा जडान गरिसकिएकोउनकोभनाई छ ।
यसअघि सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच दुई संस्थाका प्रतिनिधिले भेन्टिरलेटरको अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सानो पाइलाका तर्फबाट कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफ तथा नेपाल भेन्टिलेटर सर्भिसका तर्फबाट
कार्यक्रम संयोजक सचेत गुरुंगलेअन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरे।
योसँगैसानोपाइला नेपाल भेन्टिलेटर सर्भिसकोप्रदेश २ कोसाझेदार संस्था पनि बनेकोछ ।समुदायले महशुस गरेको आवश्यकता र हामीप्रति देखाएको विश्वासको वदौलत नारायणी अस्पतालमा थप भेन्टिलेटरहरु जडान गरेर सेवारम्भ गरिरहँदा हामी ती समग्र मनकारी व्यक्ति तथा संस्थाहरूप्रति हृदयदेखि नैआभार व्यक्त गर्दछौं ।