महोत्तरी । वाइसिएल नेपाल का केन्द्रिय सचिब तथा प्रदेश नम्बर २ का इन्चार्ज शंकर महतोको प्रमुख अतिथिमा आज महोतरी को भङ्गहा नगरपालिकामा नगरस्तरिय भेला तथा ४१ सदस्यीय समिती गठन गरियो।
भेलामा नगरपालिका बासी, बुद्धिजीवी,भरभलादमी,शिक्षकबर्ग,पत्रकार लगाएतको उपस्तिथिमा सम्पन्न भयो।
भेलाका प्रमुख अतिथी शंकर महतोले सम्बोधन गर्दै भने “अबको राजनिती युवा पुस्ताले कब्जा गरि देशमा समृद्धि ल्याउनु पर्छ”। युवाले नेतृत्व लिएन भने देश धेरै पछाडि पर्नेमा महतोले चिन्ता व्यक्त गरे। देशमा बढदै गइरहेको भ्रष्टाचार न्यूनीकरण गर्ने जिम्मा वाइसिएल को काधमा गएको बताउनु भयो। अब वाइसिएल का युवाहरुले बालबिबाह, महिलाहिंशा, बालश्रम, दाइजोप्रथा लगाएतका समाजिक बिकृती विरुद्ध लडनुपर्छ।
महतोले थप्दै भने अहिलेका प्रदेश दुईका सरकार पुर्ण रुपमा भ्रष्टाचारमा लिप्त भएका छन । कुनैपनी योजना बिना कमिशन पास हुदैन। त्यसैले यि सम्पुर्ण समस्या हरु न्यूनीकरण गर्न वाइसिएल का युवा हरुले काध थाप्नै पर्छ।