बीरगन्ज | बीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत बाराको सिमराकी एक महिलाको मंगलबार बिहान मृत्यु भएको छ ।
गत बैशाख ९ गते कोरोना संक्रमणको पुष्टि भएर अस्पतालमा भर्ना भएकी ४० वर्षीय महिलाको मंगलबार बिहान १ २४ मा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।
यसअघि,सोमबार एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।