• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के हो मेडिकल अक्सिजन ?

  • वीरगंज संजाल
  • १४ बैशाख २०७८, मंगलवार १०:५३
  • ५८०९

    वीरगञ्ज । कोरोना महामारीको दोस्रोत र खतनाक अवस्थामा हरेक दिन लाखौं व्यक्तिमा कोरोना देखिँदैछ । सबैभन्दा बढी प्रभावित भारतमा त एकैदिन तीन लाख भन्दा पनि बढीमा कोरोना देखिन थालेको छ ।केहीको त अवस्था निकै गम्भीर पनि बनिरहेको छ । अस्पतालमै बिरामीले ज्यान गुमाइरहेका छन् ।अवस्था यस्तो आइसक्यो कि अब अस्पतालमा लगिएको बिरामी घर फर्किन्छ कि फर्किँदैन भनेर ढुक्क हुने अवस्था छैन ।

    हाल हरेक अस्पतालहरुमा अक्सिजन अभावका कारण कोरोना संक्रमितको ज्यान गइरहेको खबर आइरहेका छन् । भारतमा त यो अवस्था अझै भयावह नै छ ।अब कोरोनाको चपेटामा आउँदै गरेको नेपालमा पनि अक्सिजन अभाव देखिन थालेको छ । अक्सिजनका लागि भारतसँगै निर्भर रहेको नेपालमा पनि कोरोनाका बिरामीको संख्यामा बृद्धि भएसँगै अक्सिजन पनि अभाव देखिन थालेको छ ।

    आखिर मेडिकल इमरजेन्सीमा प्रयोग हुने अक्सिजन अरुभन्दा किन फरक छ ? छटपटाइरहेका बिरामीका लागि अक्सिजन नै ज्यान जोगाउने पहिलो सहारा किन हो त ?

    हामी जुन हावा स्वाशका रुपमा लिन्छौं । त्यसमा अक्सिजनका साथै नाइट्रोजन, कार्बनडाइअक्साइड, हाइड्रोजन जस्ता ग्यास हुन्छन् । तर, मेडिकल अक्सिजन एकदम शुद्ध हुन्छ । यसलाई चिकित्सकीय काममा मात्रै प्रयोग गरिन्छ । मेडिकल अक्सिजन जो पायो उसैलाई दिन पनि मिल्दैन । यसका लागि चिकित्सकको प्रेस्किप्सनको आवश्यक पर्छ । सिलिन्डरमा भरिएको अक्सिजन ग्यास चिकित्सकको अनुमतिबिना पाइँदैन ।अक्सिजनको प्रयोग उद्योगहरुमा पनि हुन्छ । कम्बस्टेशन, अक्सिडेशन, कटिङ केमिकल रियाक्सनमा अक्सिजनको प्रयोग गरिन्छ । दुवैमा मात्रै यति फरक हुन्छ कि, औद्योगिक अक्सिजन मेडिकल अक्सिजनजति शुद्ध हुँदैन ।

    औद्यागिक क्षेत्रमा प्रयोग हुने अक्सिजनलाई मेडिकल अक्सिजनका रुपमा प्रयोग गर्न सकिँदैन । जुन सिलिन्डरमा मेडिकल अक्सिजन भरिन्छ, त्यो पनि सफा हुन आवश्यक हुन्छ ।मेडिकल अक्सिजनको प्रयोग अस्पताल, मेडिकल कलेज र क्लिनिकमा हुन्छ । यसको प्रयोग एनेस्थेसिया प्रयोगका बेला, लाइफ सपोर्ट सिस्टममा राखिएका बिरामीलाई स्वाश दिनका लागि र अक्सिजन थेरापीका बेला गरिन्छ । यसबाहेक एथलेटिस्ट पनि प्रशिक्षणका बेला यसको प्रयोग गर्दछन् ।

    कोरोना महामारीका कारण अहिले अस्पतालहरुमा अक्सिजन अभाव देखिएको छ । भारतमा त अक्सिजन अभावकै कारण दैनिक दर्जनौंले ज्यान गुमाइरहेका छन् ।नेपालले पनि आफ्नै अक्सिजन प्लान्टबाट उत्पादन गर्ने तयारी थालेको छ । अक्सिजन अभावले बिरामीको ज्यान नजाओस भन्नका लागि प्लान्ट स्थापनाको कार्य तिव्र रुपमा अगाडि बढिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • अमला एक फाइदा अनेक
  • अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन
  • प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    News

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    News

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑