वीरगंज | आज रामदूत हनुमानको जन्मजयन्ती । चैत्र शुक्ल पूर्णिमाका दिन पर्ने हनुमानको जन्मजयन्ती सनातन धर्मका अनुयायीले मनाउँछन् ।रामायण कथाहरू, पात्रहरू अनि घटना क्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा छन् ।
हनुमान भन्ने बित्तिकै रामभक्त अनि बलवान भन्ने बुझिन्छ । हनुमानलाई बल र शाहसको पर्यायका रूपमा अभिब्यक्त गरिएको छ ।
सामाजिक रूपमा मानिसले पुजेका जनावर देवता हनुमान एक बाँदर देवता हुन् ।
अन्जानेरी पर्वतमा जन्मिएका हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन् । जो आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतिका छोरा केशरी हुन् ।
नेपाल मात्र नभई भारत, बंगलादेश, म्यानमार, थाइल्याण्डमा समेत हनुमानलाई विभिन्न स्वरूपमा पूजिन्छ । शक्तिका पूजकले आज हनुमानको विशेष पूजा गर्दछन् ।