• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा एउटै बेडमा तीन जना संक्रमित, चिकित्सक भन्छन्, ‘लकडाउन गर्न ढिलो भइसक्यो’

  • वीरगंज संजाल
  • १३ बैशाख २०७८, सोमबार १९:५५
  • ४०६५

    वीरगञ्ज । पर्सामा लगातार रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमितको उपचार हुने वीरगञ्जको नारायणी अस्पतालमा बेडभन्दा बढी कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ।

    अस्पतालको आकस्मिक विभामामा रहेका बेडमा अहिले कुनैमा दुई, कुनैमा तीन जना विरामीलाई राखेर उपचार गर्नुपरेको अस्पतालका डा. निरज सिंहले बताए।

    अस्पतालमा बेडको अभावका कारण आकस्मिक कक्षमै कोभिड र ननकोभिडका बिरामीहरुलाई सँगै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको डा. सिंह बताउँछन्।

    बेडको अभावमा कोभिड र ननकोभिडका बिरामीलाई पनि सँगै राखेर उपचार गर्न बाध्य भएको अस्पतालका इमर्जेन्सी विभागका इञ्चार्ज डाक्टर उदय नारायण सिंहले बताए।

    उनले सोमबार बिहान अचानक संक्रमितहरु भर्ना हुने क्रम बढेको तथा लक्षण भएकालाई पनि इमर्जेन्सी वार्डमै राखेर टेष्टपछि मात्रै छुटयाइने भएकाले यस्तो समस्या आएको बताए।

    ‘आकस्मिक कक्षमा रहेका बेड अचानक आज बिहान शत प्रतिशत कोभिड र कोभिडका शंकास्पद बिरामीहरुले भरिएको अवस्था थियो,’ उनले भने, ‘एउटा बेडमा दुई जना,  तीनजना राख्ने भयावह स्थिति थियो।’

    तस्बिरः डा. निरज सिंहको फेसबुकबाट।

    विहान अचानक कोभिडका बिरामीहरुको संख्या बढेपछि अहिले साँझसम्म छुट्टै आइसोलेशन वार्ड बनाइएको सिंहको भनाइ छ।  अहिले बढिरहेको कोरोना संक्रमितहरुको संख्याले नारायणी अस्पतालले मात्रै थेग्न नसक्ने डाक्टर सिंहको भनाइ छ।

    अहिले पनि समुदायमा जाँच नगरेका थुप्रै कोभिडका बिरामीहरु हुनसक्ने उनले बताए। लकडाउन गर्न ढिलो भइसकेको उनको भनाइ छ।

    ‘निषेधाज्ञा, लकडाउन गर्न धेरै ढिला भइसक्यो। संक्रमण समुदायमा फैलिएर धेरैको ज्यान नै गएपछि त्यस्तो निषेधाज्ञा र लकडाउनको कुनै अर्थ रहँदैन,’ उनले भने।

    अहिले फैलिएको कोरोनाको चेन ब्रेक गर्न पर्याप्त जनशक्ति, पर्याप्त बेडको व्यवस्था गरेर कमसेकम मानिसको मृत्यु नहोस् भन्नेतर्फ केन्द्रीत हुनुपर्ने डाक्टर सिंहको सुझाव छ।

    नारायणी अस्पतालमा अहिले ४९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए।

    उनीहरु सबैजनालाई अक्सिजन दिएर राखिएको उनले बताए। अन्य संक्रमितहरु जसमा समान्य लक्षण देखिएका छन् तथा लक्षण नभएका व्यक्तिहरुलाई होम आइसोलेशनमै पठाउने गरिएको दासले बताए।यो समाचार देश सन्चारको लागि राम मण्डलले लेखनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • अमला एक फाइदा अनेक
  • अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन
  • प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    News

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    News

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑