[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
बीरगंज। कृष्णा प्र.कुशवाहा।पर्सा जिल्लाको मालपोत कार्यालयका कर्मचारी तथा लेखापढी व्यवसायी कोरोना भाइरसको खोप लिनबाट वञ्चित भएका छन्। नेपाल सरकारले प्रत्यक्ष सेवा प्रदायक सरकारी कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी , सञ्चारकर्मी, लगायत लाई प्राथमिकतामा राखी खोप लगाएको हो।
तर पर्सा मालपोतका कर्मचारी र लेखापढी व्यवसायी भने स्थानिय प्रशासनको बेवास्ताका कारण खोप लिन नपाएको गुनासो गरेका छन्।अग्रपंतिमा रहेर सेवा प्रदायकहरु लाई दोश्रो डोज समेत लागिसकेको अवस्थामा मालपोतका कर्मचारी भने खोप लिन पाउनु पर्ने मांग राख्दै स्थानिय प्रशासन समक्ष गुहार गरिरहेका छन्।
मालपोत कार्यालय प्रमुख र आम केही कर्मचारीहरु विभिन्न भ्रष्टचार गरेको कसूरमा पक्राऊ परेपछि कार्यालयका कर्मचारी तथा लेखापढी व्यवसायीहरुको विवरण संकलन हुन नसक्दा मालपोत कर्मचारी खोप लिन नसकेको बताउँछन् ।
अहिले पर्साको गाउँ गाउँबाट सयौको संख्यामा दैनिक भिडभाडका बीच काम गर्नु पर्ने अवस्थामा खोप लिन नपाउँदा कर्मचारी र लेखापढी व्यवसायीमा त्रास देखिन्छ।