• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आयल निगम भन्छ– ग्यासको अभाव छैन, आत्तिनुपर्दैन

  • वीरगंज संजाल
  • १३ बैशाख २०७८, सोमबार १२:१२
  • ३६७३

    वीरगन्ज । गत शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघले आम उपभोक्ताको ध्यानाकर्षण गर्दै एउटा विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा भनिएको थियो, ‘कोरोना महामारीका कारण भविष्यमा ग्यासको आपूर्ति प्रणालीमै असहज स्थिति आउन सक्ने भएकाले जति सक्दो चाँडो आफूसँग भएको खाली सिलिन्डर भर्न नेपाल एलपी ग्यास संघ आम उपभोक्तालाई आग्रह गर्दछ’ ।

    तर, संघले भनेजस्तो हालसम्म बजारमा ग्यासको कुनै अभाव देखिएको छैन । त्यसो त हालका लागि मात्र नभएर भविष्यमा समेत ग्यास आपूर्तिमा कुनै समस्या नआउने नेपाल आयाल निगमले प्रष्ट पारेको छ ।

    रातोपाटीसँग कुरा गर्दै नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘हालको अवस्थामा मुलुकमा पेट्रोलियम पदार्थको कुनै समस्या छैन, र भविष्यमा पनि आउने छैन । यदि फेरि पनि मुलुक लकडाउनमा जाने अवस्था आयो भने पनि निगमले सहज आपूर्तिको व्यवस्था गर्छ र बजारमा ग्यास, तेलको अभाव हुन दिँदैन ।’

    आम उपभोक्ताहरू भने एलपी ग्यास उद्योग संघको उक्त शुक्रबारको सूचनालाई लिएर त्रसित भएका छन् । कोभिड–१९ को दोस्रो लहर मुलुकमा तिब्र संक्रमणदर बढ्दै जाँदा फेरि पनि मुलुक लकडाउनमा जाने हो कि भन्ने त्रासका बीच थप ग्यासको आपूर्ति समेत बन्द हुन सक्ने त्यस्तो सांकेतिक सूचनाले आम सर्वसाधारण सशंकित भएका हुन् ।

    तेल र ग्यासको आधिकारिक विक्रेता नेपाल आयल निगमले ग्यास आपूर्तिलाई लिएर कोही पनि आत्तिनु नपर्ने स्पष्ट पारेको छ । अहिलेको अवस्थामा आपूर्ति व्यवस्था सहज रहेको र पर्याप्त ग्यासको स्टकसमेत रहेकाले कोही पनि आत्तिनुनपर्ने निगमको भनाई छ ।

    के हो त ग्यासको वास्तविकता ?

    निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार पछिल्लो समय मुलुकमा ग्यास आपूर्तिको अवस्था निकै राम्रो छ । अहिलेको अवस्थामा आपूर्तिले बजारको मागलाई धानेर स्टकसमेत बसेको छ । हालका लागि आपूर्ति व्यवस्था नै ठप्प भइहाले पनि अधिकतम २१ दिनसम्मलाई धान्न पुग्ने ग्यास स्टकमै रहेको पौडेल भनाइ छ ।

    ‘पछिल्ला दुई महिनामा अहिले सम्मकै उच्च दरमा ग्यास आपूर्ति भएका छन् । सरदर मासिक ३८ हजार मेट्रिकटन ग्यासको आपूर्ति भइरहेकोमा पछिल्लो चैत महिनामा मात्र अधिकतम ४७ हजार मेट्रिकटन ग्यासको आपूर्ति भएको छ ।

    यस्तो दर फागुनमासमेत अधिकतम ४५ हजार मेट्रिकटन रहेको थियो । जसले बजारमा ग्यासको अभाव हुन दिएको छैन’ पौडेलले भने, ‘जसले अहिले पनि हामीसँग २१ लाख मेट्रिकटन बराबरको ग्यास स्टकमा छ । यसले अधिकतम २१ दिनलाई धान्न पुग्छ । त्यसैले बजारमा ग्यासको अभाव हुन्छ भन्ने जस्ता हल्ला केबल हल्ला मात्र हुन्, जुन हामीले बजार अनुगमनमा समेत पाएका छौं ।’

     

    खाली सिलिण्डरको फण्डा !

    अहिलेको अवस्थामा ग्यासको सहज आपूर्ति भइरहेको र पर्याप्त मौज्दात (स्टक) रहेका बेलामा व्यवसायीहरुले आम उपभोक्ताहरुलाई खाली सिलिन्डर भर्न आग्रह गर्नुलाई शंकाको दृष्टिकोणले हेरिएको छ । निगमले आपूर्तिमा कुनै समस्या नआउने बताइरहँदा व्यवसायीहरुले किन खाली सिलिन्डर भर्न उपभोक्ताहरुलाई दबाव दिँदैछन् त ?

    निगमका कार्यकारी निर्देशक पौडेल व्यवसायीहरुले उपभोक्ताहरुको सेन्टिमेन्टमा प्रहार गरेर मौकाको फाइदा उठाउन खोजेको बताउँछन् ।

    ‘अहिलेको ग्यास उद्योगीहरुको सूचना सेन्टिमेन्टल आक्रमण हुन सक्छ । मौकाको फाइदा उठाएर केही व्यापार बढाउँ भन्ने उद्देश्यले गरिएको सेन्टिमेन्टल मार्केटिङ्ग पनि हुन सक्छ’ पौडेल भन्छन्, ‘हामीले त स्टक बढाउन मात्र आग्रह गरेका थियौं । तर, व्यवसायीहरुले अघि बढेर उपभोक्ताहरुलाई सिलिण्डर भर्न नै अपिल गरे । यसले बजारमा नकारात्मक सन्देश गएको छ ।’

    केही समयअघि मात्रै आयल निगमले सबै ग्यास उद्योगहरुलाई जति सक्दो बढी ग्यास भर्न पत्राचार गरेको थियो । निरन्तर ग्यासको आपूर्तिलाई व्यवस्थित गर्न र स्टक बढाउन निगमले उद्योगहरुलाई यस्तो आग्रह गरेको पौडेलको भनाइ छ ।

    तर, अहिले सोही अवसरलाई दुरुपयोग गर्दै व्यवसायीहरुले आम उपभोक्ताहरुलाई आतंकित नै पार्ने गरी खाली सिलिन्डर भन्न अपिल गरेका हुन् ।

    ‘हामीले त केवल उपभोक्ताहरुलाई सचेत मात्र गराएका हौं, यसमा हाम्रो कुनै निजी स्वार्थ छैन’ नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले रातोपाटीसँग भने, आयल निगमले ग्यासको खपत बढाउनका लागि गरेको पत्राचाारअनुसार नै हामीले उपभोक्ताहरुलाई खाली सिलिन्डर भर्न आग्रह गरेका हौं ।’

    हाल विभिन्न ब्राण्ड वा कम्पनी गरी मुलुकभित्र ६० को हाराहारीमा ग्यास उद्योगहरु सञ्चालित छन् । जसमा हजारौंको संख्यामा ग्यास वितरक डिलरहरु छन् ।

    नेपालमा दैनिक १ लाख सिलिण्डरको माग छ । प्रत्येक वर्ष १० देखि १५ प्रतिशतले नयाँ माग थपिने गरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑