भारत | बितेको २४ घण्टामा विश्वका अन्य देशहरुको तुलनामा भारतमा सबैभन्दा बढी ३ लाख ५४ शजमर ५३१ जना कोरोना संक्रमित थपिएका छन् ।
यस अवधिमा २ शजमर ८०६ संक्रमितले ज्यान गुमाएका छन् भने २ लाख १८ हजार ५५९ जना निको भएका छन् । हालसम्म भारतमा कोरोना संक्रमण पुष्टी हुनेको कूल संख्या एक करोड ७३ लाख ६ हजार ३०० जना पुगेको छ भने एक लाख ९५ हजार ११६ को मृत्यु हुँदा एक करोड ४२ लाख ९६ हजार ६४० संक्रमित निको भइसकेका छन् ।
भारतमा अहिले २८ लाख १४ हजार ५४४ सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ९४४ को अवस्था गम्भिर रहेको वर्ल्डो मिटरको आँकडामा उल्लेख छ ।
त्यस्तै, २४ घण्टामा अमेरिकामा ३४ हजार ३६० जनामा संक्रमण पुष्टी भएको छ भने २६९ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा बितेको २४ घण्टामा ३२ हजार ५७२ संक्रमित थपिएका छन् । यसअवधिमा ब्राजिलमा एक हजार ३२६ संक्रमितले ज्यान गुमाएका छन् भने ४२ हजार ३९७ जना निको भएका छन् ।
विस्तृतमा हेर्नुस्