• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बजारमा थरीथरी मास्क : कुन बढी सुरक्षित ?

  • वीरगंज संजाल
  • १३ बैशाख २०७८, सोमबार ०९:४७
  • ३२२९

    वीरगंज | कोरोना महामारीको सुरु हुनुभन्दा पहिले पनि नेपालमा मास्कको प्रयोग राम्रै संख्यामा हुने गरेको थियो । तर त्यतिबेला मास्क ऐच्छिक थियो भने अहिले मास्कलाई बाध्यात्मक बनाइएको छ । अर्काेतर्फ त्यतिबेला मास्क केवल फोहोर रोक्ने तथा धुलोधुवाँ नियन्त्रणको लागि प्रयोग गर्ने गरिन्थ्यो भने अहिले स्वास्थ्य सुरक्षाको लागि मास्क लगाउनु पर्ने अवस्था छ ।

    अहिले राज्यस्तरबाट पनि मास्कमा कडाइ गरिएको छ । तर यति हुँदाहुँदै पनि कस्तो मास्क लगाउने भन्ने मापदण्डको बारेमा भने खासै चासो दिने गरिएको पाइँदैन । अहिले केवल मुख छोप्नुलाई कोरोनाबाट बच्ने उपाय भनिएको छ |

    टेकुस्थित राष्ट्रि जनस्वास्थ्य प्रयोगशालाबाट भर्खरै सेवानिवृत्त भएका भाइरोलोजिस्ट डा. विष्णु उपाध्याय मेडिकल क्षेत्रमा १०० प्रतिशत भन्ने केही पनि हुँदैन भन्छन् । त्यसैले मास्कले पनि कुनै भाइरसलाई १०० प्रतिशत रोक्न मद्धत गर्छ भन्नु उचित हुँदैन । त्यसैले अहिलेको महामारीमा ८०/९० प्रतिशतसम्म भाइरसलाई नियन्त्रण गर्नुपनि धेरै ठूलो कुरा हो । त्यसैले मास्क लगाउँदा पनि यसको गुणस्तरबारे ध्यान दिनुपर्ने उनी बताउँछन् । मास्कले भाइरस रोक्छ भनेर सबैसँग टाँसिएर कुरा गर्ने, धेरै नजिक हुने जस्तो गर्नु हुँदैन । दुवैले मास्क लगाएको भए पनि भौतिक दुरी भने कायम गर्नुपर्ने उनी बताउँछन् ।

    अहिलेको मास्क लगाउनु पर्ने अवस्था लहर र फेसन भन्दा बढी बाध्यता हो । नेपालमा सम्भावित भयावह स्थिति र भारतमा देखिएको कोरोना महामारीको भयावह अवस्थामा मास्क लगाउने मात्रै नभएर सुरक्षित मास्कको खोजी पनि आवश्यक देखिएको छ । तर यसको लागि कस्तो मास्क सुरक्षित छ त ? भाइरोलोजिस्ट डा. उपाध्यायले विभिन्न प्रकारका मास्कको गुणस्तरीयताको बारेमा उल्लेख गरेका छन् ।

    एन ९५ मास्क

    प्रयोगशाला होस् या त अस्पतालमा उपचार गराउने चिकित्सकले जस्तोसुकै बिरामीको पनि उपचार गराउनुपर्ने हुन्छ । अहिले भाइरसको यो महामारीमा कसलाई कोरोना लागेको छ भन्ने यकिन हुँदैन । त्यस्तो अवस्थामा बिरामीले खोक्ने हाछ्युँ गर्ने गर्दा त्यसको छिटाले आफूलाई संक्रमण नहोस् भन्नको लागि एन ९५ मास्क प्रयोग गरिन्छ ।

    एन ९५ मात्रै लगाएर पनि हुँदैन । त्यो लगाएर बाहिरबाट फेससिल्ड लगाएर त्यसरी मात्रै हामी जोगिन सकिन्छ । एन ९५ अर्थात् यसले भाइरसलाई ९५ प्रतिशतसम्म रोक्ने गर्छ भन्ने मान्यता राखिन्छ । यसको अर्थ एन ९५ मास्क लगाउनेबित्तिकै ९५ प्रतिशत रोकिन्छ भन्ने चाहिँ हुँदैन । यसमा मास्क लगाउने स्टाइल आदिको आधारमा हुन्छ । मास्क लगाउँदा दायाँबायाँबाट हावा नछिर्ने र नियमित मास्कमा हात लगिरहने गर्नु हुँदैन ।

    त्यस्तो अवस्थामा यो मास्कले भाइरस र९५ प्रतिशतसम्म रोक्ने, ब्याक्टेरिया १०० प्रतिशतसम्म, फोहोर १०० प्रतिशतसम्म र पोलिनलाई पनि १०० प्रतिशतसम्म न्यूनीकरण गर्ने सरुवारोग विशेषज्ञहरु बताउँछन् । उपाध्याय यो मास्क बढी गरेर मेडिकल प्रयोजनमा काम गर्नेहरुको लागि उपयोगी हुने गर्छ । त्यसैले अहिले बजारमा पाइने मास्कमध्ये सबैभन्दा उपयोगी एन ९५ मास्क हो ।

    सर्जिकल मास्क

    भाइरस न्यूनीकरणको लागि सर्जिकल मास्कले पनि ९५ प्रतिशत नै भाइरसलाई रोक्छ भन्ने मान्यता राखिन्छ । तर उपाध्याय सर्जिकल मास्क एन ९५ जस्तो गुणस्तरीय भने नहुने बताउँछन् । मेडिकल साइन्स सम्बन्धी जानकारहरु सर्जिकल मास्कले भाइरस ९५ प्रतिशत रोक्छ भने ब्याक्टेरिया, डस्ट र पोलिन समान ८० प्रतिशत रोक्छ भन्ने मान्यता राखिन्छ । यो सामान्यतया सबैले प्रयोग गर्न सक्छन् । यो दुवैजनाले प्रयोग गरेर सामाजिक दुरी कायम गर्न सकियो भने यो प्रभावकारी हुने उपाध्याय बताउँछन् ।

    फेसनको लागि प्रयोग गरिने मास्क

    फेसनको लागि प्रयोग गरिने मास्क नेपालमा पनि पाउने गरिन्छ । कस्पोन्ज मास्क केवल फेसनको लागि प्रयोग गरिने आकर्षक मास्क हो । यो मास्कमा भाइरस रोक्ने क्षमता केवल शून्य प्रतिशत मात्रै हुन्छ । यसमा ब्याक्टेरिया, फोहोर र पोलिन रोक्ने क्षमता समान ०.५ प्रतिशत हुने गर्छ । यो अहिलेको भाइरसको लागि केही पनि उपयुक्त नरहेको बताइन्छ ।

    कपडाको मास्क

    कपडाको मास्क आफैँमा भाइरस रोक्नको लागि प्रभावकारी हुँदैन । कपडाको मास्कले भाइरस एक प्रतिशत पनि रोकिँदैन । तर ब्याक्टेरिया, डस्ट र पोलिनको नियन्त्रणमा भने यो ५० प्रतिशतसम्म प्रभावकारी हुने मानिन्छ । उपाध्याय कपडाको मास्कभित्र एउटा सर्जिकल मास्क लगाउने हो भने यो प्रभावकारी हुने मान्यता राख्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑