• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना सङ्क्रमित बढ्दै, रोकथाम र नियन्त्रणको काम भने सुस्त

  • वीरगंज संजाल
  • १२ बैशाख २०७८, आईतवार ०९:०५
  • २८१३

    वीरगन्ज । कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्न थालेको छ । तर सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि गर्नुपर्ने तयारी भने सुस्त छ ।वीरगन्जको हालत येस्तै छ।

    सङ्क्रमितको उपचारका लागि व्यवस्थापन गरिएका उपत्यका बाहिरका अस्पताल तथा स्वास्थ्य केन्द्र पनि भरिन थालेका छन् । जनशक्ति र पूर्वाधार व्यवस्थापनमा चासो नपुग्दा बिरामीले उपचार नै नपाउने जोखिम बढेको छ ।

    अस्पताल र आइसोलेशन भरिभराउ

    सङ्क्रमित बढी भएका ठाउँमा अस्पताल र आइसोलेशन भरिभराउ हुन थालेका छन् ।

    सुदूरपश्चिममा चैत मध्यदेखि सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको सङ्ख्या तुलनात्मक रुपमा बढ्दै गएको डाक्टरहरुले बताएका छन् ।

    धनगढीमा रहेको  सेती प्रादेशिक अस्पतालमा २१ जना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार २ जना भेन्टिलेटर र ६ जना आईसीयूमा उपचाररत छन् । डाक्टरहरुका अनुसार कोरोना सङ्क्रमणका बिरामीहरूको अवस्था तुलनात्मक रूपमा पहिलो लहरमाभन्दा फरक छ । अहिले सङ्क्रमित भएका धेरैमा निमोनिया देखिएको छ ।

    बिरामीको फोक्सोको तल्लो भाग बढी प्रभावित हुने गरेको पाइएको छ । सुदूरपश्चिम प्रदेशका १८ वटा सरकारी स्वास्थ्य संस्थामा भेन्टिलेटरको सङ्ख्या २५ र आईसीयूको सङ्ख्या २९ छ । तीमध्ये १५ आईसीयू र १० वटा भेन्टिलेटर सेती अस्पतालमा छ । टीकापुर, बझाङ, दार्चुलाको गोकुलेश्वरमा एउटा पनि आईसीयू र भेन्टिलेटर छैन ।

    प्रदेशभर अहिले ८७ ठाउँमा  २ हजार १ सय ७८ आइसोलेशन शैया  रहेको निर्देशनालयले जनाएको छ । सङ्क्रमण बढेसँगै प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ५० शैयाको कोरोना अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । धनगढी र महेन्द्रनगरमा ५० शैयाकोे अस्पताल छ ।

    कोरोनाको उपचारका लागि छुट्टै वार्ड नै छैन 

    भारतसँग सीमा जोडिएको बैतडीमा पनि कोरोनाका बिरामी बढिरहेका छन् । तर सामान्य एन्टिजेन प्रविधिबाट परीक्षणबाहेक थप सतर्कता अपनाइएको छैन ।

    जिल्लामा पछिल्लो पटक १८ जना सङ्क्रमित छन् । उनीहरुमध्ये १७ जना  होम आइसोलेशनमा नै बसिरहेका छन्  भने एकजनामा गम्भीर समस्या देखिएकाले उपचारका लागि धनगढी पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताउनुभयो ।

    अहिले अरु खालका बिरामीको चाप भएर उपचारका लागि जानेको भीड लागेकाले कोरोनाको उपचारको लागि छुट्टै ठाउँ नभएकाले धनगढी पठाउनुपर्ने बाध्यता रहेको छ । अस्पतालले अहिलेसम्म कोरोनाको बिरामीको उपचारका  लागि छुट्टै वार्डको व्यवस्थान समेत गर्न सकेको छैन ।

    दशरथचन्द नगरपालिकाले भारतलगायत ठाउँबाट आउनेका लागि सुन्दरखालीमा आइसोलेशनको व्यवस्था गरेबाहेक अरु केही काम नथालिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख बिनोद चन्दले बताउनुभयो ।

    पूर्वाधार थप्ने तयारी 

    गण्डकी प्रदेश सरकारले आफ्नो ११ वटै जिल्लामा अक्सिजन प्लान्ट बनाए पनि सञ्चालन गर्ने  दक्ष जनशक्तिको अभाव छ ।

    म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा जिल्ला अस्पताल, पूर्वी नवलपरासीको मध्यबिन्दु अस्पताल र पोखराको मातृशिशु मितेरी अस्पतालमा अक्सिजन प्लान्टसहितको आईसीयू व्यवस्था छ ।

    विशेषज्ञ जनशक्तिको अभाव भएपछि प्रदेशले स्टाफ नर्सलाई तालिम दिएर ती प्लान्ट सञ्चालनमा ल्याएको छ । तनहुँ, गोरखा, लमजुङ, मुस्ताङ र मनाङमा बन्ने क्रममा रहेका छन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, प्रदेशका अस्पतालका २ सय ४१ आईसीयू शैयामध्ये ५५ र ६२ भेन्टिलेटरमध्ये ४ मात्रै प्रयोगमा छन् । कर्णाली प्रदेशमा रहेको प्रदेश अस्पतालमा ३० बेड आईसीयू र ८ वटा भेन्टिलेटर तयारी अवस्थामा छन् ।  पूर्वाधार थप्नेबारेमा छलफल चलिरहेको छ ।

    रुकुम पश्चिममा एन्टिजेन प्रविधिबाट कोरोनाको परीक्षण भइरहेको छ । प्रदेश-२ मा सङ्क्रमण बढे पनि अस्थायी राजधानी जनकपुरमै उपचारको सुविधा छैन । धनुषा र महोत्तरीलाई लक्षित गरी महोत्तरीको जलेश्वरमा ५० बेडको कोरोना अस्पताल रहेको प्रदेश-२ सरकार स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विजय झाले जानकारी दिनुभयो ।

    झण्डै १५ लाख जनसख्या भएको धनुषा र महोत्तरीलाई लक्षित गरी ५० बेडको मात्रै अस्पताल हुनु एकदमै कम हो ।

    कोरोना नियन्त्रणका लागि वाग्मती प्रदेश सरकारको प्रयास 

    वाग्मती प्रदेश सरकारले कोरोनाको दोस्रो लहर देखिन थालेपछि प्रदेश स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठक बसेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि २१ बुँदे निर्णयहरु गरेको छ ।

    निर्णयमा उल्लेख गरिएअनुसार सुरक्षा निकाय परिचालन गरिएको वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाका सूचना अधिकारी रमेश सुवेदीले जानकारी दिनुभयो ।  यस्तै पालिका, प्रदेशका अस्पताल, स्वास्थ्य क्षेत्रका संरचना  तत्काल परिचालन गर्न सक्ने गरी तयारी गरिएको छ ।

    चीन तर्फको अन्तर्राष्ट्रिय नाकामा निगरानी बढाउने, वीरगञ्ज नाका हुँदै वाग्मती प्रदेश गर्नेहरुका लागि पनि निगरानी बढाउने लगायतका काम सुरु गरिसकिएको वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हटौँडाका सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

    ‘अहिले वाग्मती प्रदेशमा ४ सय १५ वटा आईसीयू बेड र  ६० वटा भेन्टिलेटर रहेका छन् । तीन लाख, ९६ हजार ४ सय ३९ जनाले पहिलो र दोस्रो डोज खोप लगाएका छन् । आवश्यक परेमा पूर्वाधार थप्ने तर्फ पनि वाग्मती प्रदेश सरकार लागि परेको छ ’ सुवेदीले भन्नुभयो ।

    स्रोत साधनको अभाव हुन थालिसकेको छ : स्वास्थ्य मन्त्रालय 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी देशका केही ठाउँमा कोरोना नियन्त्रणका लागि स्रोत र साधनको अभाव हुन थालिसकेको बताउनुहुन्छ । काठमाण्डौ लगायतका जनघनत्व धेरै भएका ठाउँमा स्रोत साधनको अभाव हुन थालिसकेको उहाँले बताउनुभयो ।

    तीव्र रुपमा सङ्क्रमित बढिरहेकाले सङ्क्रमितहरुको चाँडो पहिचान गर्ने, सङ्क्रमण भएकालाई अलग्याएर राख्ने र उपचारको लागि अस्पतालको व्यवस्था गर्ने लगायतका काम छिटोभन्दा छिटो गर्नुपर्ने हुन्छ ।

    यही कुरालाई ध्यानमा राखेर निगरानी बढाउने, अस्पताल व्यवस्थापन गर्ने, सार्वजनिक ठाउँहरुमा हुने भीडभाडलाई निरुत्साहन गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने  कामलाई प्राथमिकता दिएको डा. अधिकारी बताउनुहुन्छ ।

    काठमाण्डौ लगायतका ठाउँमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा अबको केही दिनभित्र काठमाण्डौ उपत्यकाभित्र व्यवस्थापन गर्न निक्कै कठिन हुने देखिने उहाँको अनुमान छ ।

    ‘कोरोनाको अघिल्लो लहरमा भन्दा धेरै संवेदनशील अवस्था अहिले भएकाले त्यहीअनुसारको तयारी मन्त्रालयले गर्नुपर्ने हुन्छ । सबै क्षेत्रको व्यवस्थापन गर्नु त पर्छ नै । त्योसँगै जनस्वास्थ्यका मापदण्डको पालना गर्नु आवश्यक छ’ अधिकारीले भन्नुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • अमला एक फाइदा अनेक
  • अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन
  • प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    News

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    News

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑