वीरगञ्ज । कोरोना संक्रमणका कारण बिहीबार वीरगञ्जमा थप एक पुरुषको मृत्यु भएको छ।संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १९ बिन्दवासिनी टोलका ६३ वर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए।
वैशाख ५ गते कोरोना संक्रमित भएका ती पुरुष उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा उपचारकै क्रममा उनको बिहीबार बिहान १० बजेर ५० मिनेटमा मृत्यु भएको डाक्टर दासले बताए।
नारायणी अस्पतालमा आजै कोरोना संक्रमित ६१ वर्षीया महिलाको पनि मृत्यु भएको थियो।आज मात्रै नारायणी अस्पतालमा दुई जना संक्रमितको ज्यान गएको छ।