काठमाडौं । नयाँ धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नयाँ गजुरको पूजा गरेका छन् । धरहराको २१ तलामा पूजा गरेर टुप्पामा गजुर राखिएको छ । ३३० किलोको उक्त गजुर तामाले बनेको हो भने त्यसमा सुनको जलप लगाइएको छ ।