बारा । अमरेश कुमार पाण्डेय । देवताल गाउँपालिका अन्तर्गत फुलवरिया आश्रममा देवलात गाउँपालिका वडा नं १ कार्यालय र वडा नं २ कार्यालय भवनको साथै बर्थिंङ्ग सेन्टर र स्वास्थ्य कार्यालय भवनको शिलान्यास गाउँपालिका अध्यक्ष चन्दन सिंहले आज एक कार्यक्रम बिच रामनवमीको दिन गर्नु भएको छ।
गाउँपालिकाको बजेट रु २०/२० लाखको लागतमा दुबै वडा कार्यालय र स्वास्थ्य कार्यालय भवन निर्माण हुनुको साथै केन्द्र सरकारको बजेट रु ५० लाखमा बर्थिंङ्ग सेन्टर निर्माण हुने भएको छ। वडा कार्यालय तथा बर्थिङ्ग सेन्टर एउटै ठाउँमा भएपछि यहाँका अधिकांश जन्ताहरुलाई सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष सिंहले बताएका छन।
गाउँपालिका प्रमुखमा निर्वाचित भएदेखि नै आफु शिक्षक पेसाबाट आबद्ध भएको भएकाले पहिलो प्राथमिकतामा शिक्षालाई जोड दिनुको साथै बिकास निर्माण र स्वास्थमा पनि निकै राम्रो काम गरीरहेको जानकारी समेत सिंहले दिएका छन। साथै कुनै आन्तरिक आय स्रोत नभए पनि आफ्नो गाउँपालिका भित्र बिधालय भवन, बाटो निर्माण सहित दलान कार्य, कार्यालय भवन लगायतका बिकास कार्यगरेको पनि बताएका छन।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मिश्रीलाल सहनि, लखिन्द्र यादव, अमर पटेल, रमेश यादव, रामपुजन पंडित लगायत सम्पुर्ण वडा अध्यक्षहरु, जसपाका नेता अरुण सिंह, नेता अँसारी, नेकपा एमाले का नेता बिजय पाण्डे , पंकज पाण्डे , देवताल गाँउपालिकाका कर्मचारीहरु लगायत स्थानियहरुको उपस्थितिमा समपन्न भएको थियो।