कलैया । अमरेस् कुमार पाण्डेय। देवताल गाउँपालिकामा दलितहरुको बिकासको लागी सिपमुलक कार्यक्रम अन्तर्गत सिलाई कटाई तालिम देवताल गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहलेे उद्धघाटन गेरेका छन।
तालिमलाई उद्धघाटन गर्दै गाउँपालिका अध्यक्ष सिंहले दलित परिवारहरुलाई यो सिलाई कटाई सिपमुलक तालिम हाँसिल गरि सकेपछि जिवको पार्जन गर्न सहयोग पुग्ने आशा राखेको छु। यो तालिम ७५ दिन सम्म चल्ने भएकोले सिलाई कटाई सम्बन्धि सम्पूर्ण कामहरु सिकाईने छ। जसको फलस्वरुप तालिम हाँसिल आर्थिक आम्दानी गर्ने मौका पनि पाउँन सकिने बताएका छन्।
महिला जन जागरण अभियान जितपुर सिमरा ११ को आयोजनामा र देवताल गाउँपालिकाको सहयोगमा सँचालन कार्यक्रम अमलदेव प्रसाद यादवको नेतृत्वमा उद्धघाटन भएको छ।
कार्यक्रममा वडा अध्यक्ष मिश्रीलाल सहनि, लखिन्द्र यादव, अमर पटेल, रमेश यादव, रामपुजन पंडित लगायत सम्पुर्ण वडा अध्यक्षहरु, जसपाका नेता अरुण सिंह, नेता अँसारी, नेकपा एमाले का नेता बिजय पाण्डे , पंकज पाण्डे , देवताल गाँउपालिकाका कर्मचारीहरु लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।