भारत । भारतीय राष्ट्रिय कांग्रसका नेता राहुल गान्धीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन्। सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको उनले बताएका छन्।
उनी पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरल, पश्चिम बंगाल, असम, तमिलनाडु लगायतका क्षेत्रमा चुनावी र्यालीहरुमा सहभागी भएका थिए।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन्।