बारा । सिकिन्द्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका अन्त्रगत पर्न वाडा नम्बर १० दस टाेल देवापुर टेटा निवासि रामशेवख पडित कुम्हारले गाउले साहु संग ऋण लिइ आफ्नै छोरा बासदेव पडित कुम्हारलाइ काम गर्नको लागि काठमाडौकाे मेनपावर संग सहकार्य गरेर मलेसिया पठाएको थिए। बासदेव पडितले मलेसियामा लुमुट कम्पनीमा केही दिन काम गर्दा गर्दै कम्पनीको साहु संग बिबाद भएपछि कारागार पठाइदिएकाे सुन बितिकै बुवा र आमा गाउकाे वाडा अध्यक्ष देखि काठमाडौकाे मेनपावरमा जादा पनि कुनै किसिमको सुनवाइ नभएको पिडित कुम्हारले बताएका थिए।
वासदेव पडितकाे आमा लक्ष्मी देवीले छाेरा बिदेसमा कारागारमा रहेकाे दिन देखि नै साेक र पिडामा रहेकाे मानसिक अवस्था समेत कमजाेर भएको जेठाे छाेरा हरदेव पडितले बताएका थिए। बासदेव पडितकाे श्रमति सबिता देबिले बताउदै आफु गाउघरमा पारिश्रमिक गरेर जिविका चलाउने अवस्था रहेकाे छ।
एउटा छाेरा र दुईवटा छोराछोरी र सासू ससुराकाे अवस्था शारीरिक अवस्था समेत कमजाेर रहेकाे र साहुकाे अझ सम्म केहि ऋण रहेकाेले आफ्नो श्रीमानको ज्यान सुरक्षित स्वदेश फिर्ता गराइदिनुहुनकाे लागि सराेकारवाला संग आग्रह गरेका थिए।
श्रीमान बिदेशमा कारागारमा चलान भए पछि सदरमुकाम देखि राजधानी काठमाडौ सम्म हजारौं रुपियाँ खार्च गरेर पनि कुनै किसिमको प्रतिकृया नआएपछि देशकाे नागरिक भएर पनि गैर नागरिक आफु महसुस गरिरहेकाे बासदेव पडितकाे श्रीमती सबिता देबिले बताएका थिए।