न्यूयाेर्क | अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलाेपटक मंगल ग्रहमा हेलिकप्टर उडाएकाे छ। करिब ६ वर्षकाे परीक्षणपछि नासाले मंगल ग्रहमा हेलिकप्टर उडाएकाे हाे।
गत फेब्रुअरी महिनामा नासाको पर्सिभिअरेन्स रोभर मंगल ग्रहको जेजेरो क्रेटर भन्ने स्थानम अवतरण गरेको थियो। सोही रोभरमा यो हेलिकप्टर थियो।
यस हेलिकप्टरलाई ‘इनजेन्युटि मार्स-कोप्टर’ भनिएको छ। यो ४० सेकेन्डसम्म मंगल ग्रहको सतहमा १० फिट माथिसम्म उडेर अवतरण गरेको नासाले जनाएको छ।
यस हेलिकप्टरले मंगल ग्रहकाे खोज अभियानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेकाे नासाले जनाएकाे छ।
मार्सको सतहमा हेलिकप्टर कहिल्यै नउडाइएकाले नासाले यो कार्य चुनौतीपूर्ण मानिएको थियो।