वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंज अन्तर्गत संचालित BBA को भर्नाको लागि विभिन्न चरणमा सम्पन्न परीक्षा एवं अन्र्तवार्ताको नतिजा क्याम्पस प्रशासन विभिन्न कारणहरु द्धारा प्रभावित भई प्रकाशन गरिएको छ भनि आरोप राष्ट्रिय विद्यार्थी संघले लगाएको छ।
त्यस सम्बन्धमा क्याम्पस प्रशासनलाई मौखिक रुपमा पटक पटक जानकारी गराउँदा पनि कुनै प्रकारको ठोस जवाफ नआउनु र त्रुटिहरुलाई सच्याउनुको
सट्टा विभिन्न प्रकारको राजनीतिक एवम् आर्थिक प्रलोभनमा परि जुन नतिजा प्रकाशन गरिएको
छ । यसमा राष्ट्रिय विद्यार्थी संघले घोर आपती व्यक्त गरेको छ ।
आज मंगलवार देखि नै BBA को प्रशासनिक, क्याम्पस प्रमुख एवम् क्याम्पसको प्रशासनिक पक्षहरुमा राष्ट्रिय विद्यार्थी संघले तालाबन्दी गरेको छ ।
तालाबन्दी गर्नुको कारण यस प्रकार रहेको छ।
१. त्रुटीपूर्ण BBA को भर्नालाई तत्काल रोकी यसको न्यायोचित छानबिन हुनुपर्ने ।
सुरुमा १२३ जनाको short list निकालिएको तर केहि दिन पश्चात यसमा के कति कारणले गर्दा २३७ जनाको पून : short list निकाल्न लगाइएको हो ?
कोटा संख्या ६६ मात्र भएकोमा के कति कारणले अर्न्तवार्ताका लागि २३७ जना
विद्यार्थीहरुको नाम प्रकाशन गरिएको ?
४ हाल सम्मको व्यवस्था अनुसार अर्न्तवार्तामा कम्तिमा ७ अंक र बढीमा ९ अंक प्रदान गर्दै
आएकोमाके कति कारणले ५ अंक भन्दा पनि कम दिई जेहेन्दार एवं गरिब छात्र छात्रालाई BBA पढनबाट बञ्चित गरिएको ?
५. शर्टलिष्टमा जम्मा ४५ अंक प्राप्त गरेका विद्यार्थीहरुलाई कुन नियम कानुन अन्तर्गत रही
१० अंकको अन्र्तवार्ताको लागि ११ अंक प्रदान गरिएको ?
शर्टलिष्टमा ५० अंक प्राप्त गरेका जेहेन्दार विद्यार्थीहरुमा अर्न्तवार्तामा के को आधारमा ५
अंक भन्दा पनि अंक प्रदान गरि त्यस्ता विद्यार्थीहरुको भविष्य माथि नै खेलवाड गरिएको ?लगायतका मांग राखेको छ।
उपर दुई दिन भित्र क्याम्पस प्रशासन द्वारा कुनै ठोस निर्णय नगरि जेहेन्दार तथा मेहेनती छात्र-छात्राहरुलाई पढनबाट बञ्चित गरिएको खण्डमा राष्ट्रिय विद्यार्थी संघले कडा भन्दा कडा आन्दोलन सामेत गर्ने राष्ट्रिय विद्यार्थी संघ पर्साका सचिव मो. सगीर अली बताएको छ्न ।