नेपालगञ्ज | नेपालगञ्जको भेरी अस्पतालमा मंगलबार पनि ठूलो संख्यामा कोरोना पुष्टि भएको छ। अस्पतालले एक सय १३ जनाको परीक्षण गरेकोमा ५९ जनालाई कोरोना पुष्टि भएको हो।
५९ जनामध्ये ४९ जना बाँकेका रहेका छन्। त्यसमा नेपालगञ्जका ४२ जना, कोहलपुरका एक, खजुराका तीन, राप्तीसोनारी गाउँपालिकाका ३ जना रहेका छन्।बर्दिया जिल्लाका चार, सोलुखुम्बु, कैलाली र अछामका एक/एक र दैलेखका तीन जना रहेका छन्। त्यस्तै, भारतबाट फर्किएका दाङ तुलसीपुरका ३१ वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ।
बाँकेमा भारतबाट आएका र भेरीमा जाँच गरिएको व्यक्तिमा धमाधम कोरोना पुष्टि भइरहेको छ। अस्पताल भरिँदै गर्दा संक्रमितलाई कहाँ राख्ने चिन्ता थपिएको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले बताए।