वीरगंज | एकातिर चीन आफ्नो देशमा गरिबी पूर्णरुपमा सकिएको दाबी गरिरहेको छ भने, अर्कोतिर देशमा भिखारी दिनप्रतिदिन आधुनिक भइरहेका छन् । तपाईलाई यो जानेर अचम्म लाग्छ होला कि, चीनका भिखारी भिख माग्नको लागि ई वालेटको प्रयोग गर्दछन् ।
चीनमा टेक्निकको विकास धेरै भएकाले त्यहाँका मानिस क्यासको ठाउँमा कार्ड लिएर हिँड्छन् । त्यसैले भिखारीहरुले मागेको ठाउँमा पैसा पाउँदैनन् । जसका कारण भिखारीहरु पनि अब टेक्निक अपनाउन थालेका छन् ।
चीनमा भइरकोको डिजिटल त्राmन्तिका कारण त्यहाँका भिखारीहरु पनि आधुनिक बनिरहेका छन् । उनीहरु आफ्नो साथमा ईपेमेण्ट सुविधा लिएर हिँड्छन् । चीनका दुई ठस्ला ई वालेट कम्पनी भिखारीलाई यस काममा सहयोग गर्दछन् ।
त्यस्तै चीनका राष्ट्रपति शी जिनपिङले यसै वर्षको शुरुवातमा देशलाई गरिबी मुक्त घोषणा गरेका थिए । यस्तो दाबी गर्ने चीन विश्वकै पहिलो देश हो ।