• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठाकुररामको शैक्षिक र भौति अवस्था खस्किनुमा राजनीतिक पार्टीदेखि कर्मचारी समेत दोषी !

  • वीरगंज संजाल
  • २९ चैत्र २०७७, आईतवार २१:१५
  • ३८२१

    बीरगन्ज | बीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक अवस्था खस्किनुमा राजनीतिक पार्टीदेखि कार्यरत कर्मचारी समेत दोषी रहेको एक कार्यक्रममा सरोकारवालाले औंल्याएका छन् । त्यसकारण, त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो शैक्षिक संस्था ठाकुरराम क्याम्पसको विकासका लागि अब सबैले सक्रिय भूमिका खेल्नुको सरोकारवालाको जोड छ ।ठाकुरराम क्याम्पसद्वारा आयोजित शैक्षिक तथा भौतिक पूर्वाधार विषयक छलफल कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रममा बोल्दै पर्साको क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले बाहिरका मान्छेहरुले आफ्नो निजी स्वार्थका लागि क्याम्पसलाई बिगारे आरोप लगाए । उनले ठाकुररामलाई राजनीति गर्ने अड्डा बनाईंदा यसको विकास नहुन सकेको बताए ।

    ठाकुरराम जस्तो ऐतिहासिक शैक्षिक संस्था हुँदाहुँदै यसलाई विश्वविद्यालयमा रुपान्तरण नगरेर नयाँ र छुट्टै विश्वविद्यालय बनाउँने अवधारणा ल्याउनु समस्याको जड भएको सांसद् यादवको तर्क छ । उनले विश्वविद्यालय बनाउने नाममा यहाँ करोडौं चन्दा उठाएर केही सिमित व्यक्तिले दुरुपयोग गरेको आरोप लगाउदंै त्यसलाई ब्याजसहित फिर्ता ल्याउन अभियान चलाउनुपर्ने बताए ।

    “हामी आफै भन्छौँ त्रिवि भन्दा जेठो संस्था हो, अनि बजारबाट नयाँ विश्वविद्यालय स्थापना गर्छौँ भनेर करोडौं रकम उठाउन दिन्छौं,” उनले भने, “समस्याको जड नै यहाँ छ । केही बाहिरिया राजनीतिक व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थ परिपूर्ति गर्न यस्तो गरेका हुन् । हामीले यो हुन् दिनु हुँदैन ।” विश्वविद्यालयको नाममा उठाइएको सबै रकम व्याजसहित फिर्ता लिनुपर्छ ।’

    उनले क्याम्पस स्तरोन्नतिका लागि यहाँ रहेको समस्यालाई पहिचान गर्दै त्यसको कारण, समाधान र थप आवश्यकता सहितको एउटा मास्टर प्लान तयार पारेर प्रधानमन्त्रीलाई डेलिगेसन बुझाउन जान क्याम्पस प्रशासनलाई आग्रह गरे । “हामीलाई यो गरिदिनुहोस्, त्यो बनाईदिनुहोस भनेर क्याम्पसको स्तरोन्नति सम्भव छैन । विज्ञहरुसँग बसेर समस्याको पहिचान गर्दै त्यसको कारण र समाधान पत्ता लगाएर थप आवश्यकतासहितको एउटा मास्टर प्लान तयार गर्नुहोस,” सांसद् यादवले भने, “त्यो लिएर हामी प्रधानमन्त्रीलाई भेट्न जाऔं । उहाँसँग समय लिने जिम्मा मेरो हो । डेलिगेसन पश्चात पनि कुनै सुनुवाई भएन भने संसद्मा आवाज उठाउँन पनि पछि हट्दिन ।”

    क्याम्पसमा समय–समयमा विद्यार्थी संघ–संगठनहरुले गर्ने तालाबन्दीको विषयमा बोल्दै यादवले क्याम्पसलाई तालबन्दी मुक्त बनाउँनुपर्नेमा उनले जोड दिए । उनले राजनीति क्याम्पसको ढोका बाहिर राखेर पवित्र मनले क्याम्पस भित्र प्रवेश गर्न सबैसँग आग्रह गरे ।

    बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले ठाकुरराम क्याम्पसले आफुहरुसँग समन्वय नगरेको बताए । आफु निर्वाचित भएर आए पश्चात ठाकुरराममा काम गर्न खोज्दा यहाँका राजनीतिक दलका व्यक्तिले क्याम्पस स्थानीय तहको मातहातमा नरहेकोले यसको कामकारवाहीमा दख्खल नदिन सुझाव दिएपछि आफु पछि हटेको नगरप्रमुख सरावगीको भानाई छ ।

    उनले महानगरपालिकामा ठाकुरराम क्याम्पसका लागि ३० लाख रुपैयाँ छुट्याएर राखेपनि कसैले त्यसको लागि आफुसँग समन्वय नगरेको बताए । उनले आफु यसै संस्थामा पढेकोले पनि क्याम्पस प्रति माया रहेको बताउदंै आगामी दिनमा समन्वय गरेर हिड्न क्याम्पस प्रशासनलाई आग्रह गरे ।नगरप्रमुख सरावगीले हालका लागि ३० लाख रुपैयाँ महिला छात्रावासको पर्खाल र भवन मर्मतमा खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

    त्यसैगरी, प्रदेशसभा सदस्य करिमा बेगमले क्याम्पस विकास र स्तरोन्नतिका लागि प्रदेश सरकारबाट हुनसक्ने हरेक सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने आफू संघ सरकारको प्रतिनिधि भएको नाताले आफूबाट हुन सक्ने प्रत्येक सहयोग र सहकार्य गर्न आफु तयार रहेको बताए ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले क्याम्पसको भौतिक संरचना पुरानो भएको कारण यहाँ पठनपाठनको वातावरण हराउदंै गएको औंल्याए । क्याम्पस जेठो भएपनि विकासमा सबैभन्दा कान्छो परेको उनीहरुको भनाई थियो ।क्याम्पसका प्राध्यापकहरुले राजनीतिक दलबाट समयसमयमा क्याम्पसबाट आवश्वासन आएपनि कुनै काम अगाडि नबढेको गुनासो गरे । “मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकासमन्त्री समेतले विभिन्न प्रतिबद्धता र आश्वासन दिएर गए, तर काम कुनै अगाडि बढेन,” सहायक क्याम्पस प्रमुख सुरेश यादवले भने ।

    यादवले क्याम्पसबाट अवकास प्राप्त गरेर शिक्षकहरु गएपनि उनीहरुको सट्टा नयाँ शिक्षकको पदपूर्ति नहुँदा पठनपाठन प्रभावित भएको बताए ।क्याम्पस प्रमुख डा. उमेश प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी, अवकास प्राप्त गरेका कर्मचारी, विद्यार्थीलगयातको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑