वीरगञ्ज | वीरगञ्जको नारायणी अस्पतालमा ६० जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ।शनिबार राति अस्पतालको प्रयोगशालामा ६० जनाको स्वाब परीक्षण गरिएकोमा २८ जनामा कोरोना संक्रमण देखिएको हो।
सबै स्वाब पर्सा जिल्लाबाट नै संकलन गरिएको र संक्रमण देखिने २८ जनामा पर्साका २४ र बाराका ४ जना रहेको नारायणी अस्पतालका कोरोना कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।संक्रमण देखिनेमा पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २२ जना, बहुदरमाइ नगरपालिका र विन्दवासिनी गाउँपालिकाका १/१ जना रहेका छन्।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिकाका २, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाका १/१ जना रहेका छन्।पछिल्लो समय पर्सा र बारामा कोरोना संक्रमित हुनेहरूको संख्यामा वृद्धि भएको छ।