बिरगंज । डार्क वेब हजारौं वेबसाइटहरुको कलेक्सन हो । यहाँ भएका सम्पूर्ण वेबसाइटहरुले आफ्नो आईपी एड्रेसलाई लुकाउन टोर र आई टु पी जस्ता एनाेनिमस (अज्ञात) टुलहरुको प्रयोग गर्दछन् ।डार्क वेबलाई लागू औषध र चाइल्ड पाेर्नाेग्राफी बिक्री वितरणका लागि कालोबजारको रुपमा समेत प्रयोग गर्ने गरेकाे पाइन्छ । यसले गोप्य विसलब्लोइङ अर्थात् खराब कार्यको सूचना गोप्यरुपमा गर्न र प्रयोकगर्तालाई निगरानी र सेन्सरसिपबाट सुरक्षा दिन्छ ।
कुनै समय डार्क वेबलाई एउटा गहिरो र गोप्य साइबर भूमिगत विश्वका रूपा चिनिन्थ्याे । जहाँ इन्टरनेटको ९० प्रतिशत विश्व लुकेर बस्ने बताइन्थ्यो । तर, आज यो परिभाषा बदल्नुपर्ने समय आएको छ ।वास्तवमा डार्क वेब त्यति गहिरो छैन र यहाँ इन्टरनेटको ९० प्रतिशत जगत लुकेर पनि बसेको छैन । यो त्यस्तो गोप्य पनि छैन । वास्तवमा डार्क वेब त्यस्ता वेबसाइटहरुको कलेक्सन हो, जुन सार्वजनिक रुपमै देख्न सकिन्छ ।
तर यीनलाई सञ्चालन गर्ने सर्भरको आईपी एड्रेस भने त्यहाँ लुकाइएको हुन्छ । यसको अर्थ डार्क वेब भित्रका साइटहरु जसले पनि भिजिट त गर्न सक्छन् । तर, त्यो साइटलाई कसले होस्ट गर्छ र कसरी होस्ट गर्छ भनेर थाहा पाउन सकिँदैन ।अधिकांश डार्क वेबसाइटहरुले गोप्य सफ्टवेयर ‘टोर’को प्रयोग गर्दछन् । तर केही थोरै साइटहरुले त्यस्तै किसिमका गोप्य टुल आई टु पी पनि प्रयोग गर्दछन् । यी दुवै सिस्टमले वेब ट्राफिकलाई लेयरमा इनक्रिप्ट गर्दछ र विश्वभरबाट जथाभावी चुनिएका कम्प्युटरहरुबाट यसलाई बाउन्स गरिदिन्छ ।
ती प्रत्येक कम्प्युटरले नेटवर्कको अर्को होपमा डेटा पास गर्नुअघि इन्क्रिप्सनको सिङ्गल लेयरलाई हटाइदिन्छ । डार्क वेबको सिद्धान्तलाई केलाउँदा यो निगरानीलाई रोक्न अपनाइने विधि हो ।ती विश्वभरबाट जथाभावी छानिएका कम्प्युटर, जुन इन्क्रिप्टेड चेनमा प्रयोग हुन्छ । ती कम्प्युटरलाई प्रयोग गर्ने वा नियन्त्रण गर्ने व्यक्तिले पी ट्राफिक उत्पन्न भएको ठाउँ र त्यसको गन्तव्यलाई मिलाउन वा थाहा पाउन सक्दैन ।
जब कुनै पनि वेब प्रयोगकर्ताले टोर प्रयोग गर्छन्, तब उनीहरुले भिजिट गर्ने कुनै पनि साइटले उनीहरुको आईपी एड्रेसलाई सजिलै देख्न सक्छन् । तर टोरलाई नै रन गर्ने वेबसाइट, जसलाई टोर हिडन सर्भिस भनिन्छ, त्यस्ता साइटहरु टोर प्रयोकगर्ताले मात्र भिजिट गर्न सक्छन् ।टोर नेटवर्कमा मिटअप पोइन्ट रेन्डमल्ली चयन गर्न प्रयोकगर्ताको कम्प्युटर र वेब सर्भरबाट निस्कने ट्राफिकलाई तीन वटा होप्स पुरा गर्नुपर्ने हुन्छ ।साइटहरुको आईपी एड्रेस लुक्दैमा ती गोप्य हुन्छन् भन्ने बुझ्नुहुँदैन । टोर हिडन सेवाहरु जस्तै ड्रग्स बिक्री गर्ने साइटहरु सिल्क रोड, सिल्क रोड टु, अगोरा तथा इभोलुसनहरुमा सयौं नियमित प्रयोगकर्ताहरु हुन्छन् ।टोर रन गर्ने जोसुकै र साइटको यूआरएल थाहा पाउने व्यक्तिले सजिलै ती अवैधानिक अनलाइन बजारहरुमा छिरेर भिजिट गर्न सक्छन् ।
डिप वेबसँग नझुक्किनुहोस्
समाचार माध्यमहरुले डार्क वेबमा इन्टरनेटको ९० प्रतिशत विश्व लुकेको छ भनेर झुटो अफवाह फैलाइरहँदा उनीहरु तथाकथित ‘डिप बेब’सँग झुक्किरहेका छन् ।वास्तवमा डिप वेब त्यस्ता वेबसाइटहरुको कलेक्सन हो, जहाँ सर्च इन्जिनबाट पुग्न सकिँदैन । ती इन्डेक्स नगरिएका साइटहरुमा डार्क वेब पनि समावेश छन् । तर यसमा एकदमै झ्याउलाग्दा कन्टेन्टहरु हुन्छन् । वास्तविक डार्क वेब समग्र वेब जगतको ०.०१ हिस्साभन्दा सानो छ । वेब सुरक्षा अनुसन्धानकर्ता निक कुब्रिलोभिकका अनुसार अहिले डार्क वेबमा १० हजारभन्दा कम टोर हिडन सेवाहरु छन् ।
डार्कवेब सामान्यत लागू औषध व्यापार, नक्कली दस्तावेज तथा चाइल्ड पाेर्नाेग्राफी जस्ता सामग्रीहरुको अनधिकृत बेचबिखनसँग सम्बन्धी छ । र अहिलेको समय यस्ता जल्दाबल्दा उद्योगहरुले यही टोर हिडन सर्भिसको फाइदा उठाइरहेका हुन्छन् । टार्क वेबमा हुने सबै कुरा पूर्णरुपमा खराब हुन्छ भन्ने पनि होइन ।विश्वको पहिलो हाई प्रोफाइल डार्क वेबसाइट भनेको टोर हिडन सर्भिस विकिलिक्स थियो । जसले विभिन्न गोप्य स्रोतबाट लिक भएका गोप्य जानकारीहरुलाई राख्ने गर्दथ्यो । पछि त्यही आइडिया सेक्योरड्रप भन्ने एउटा टूलमा पनि प्रयोग गरियो ।
सेक्योर ड्रप एउटा सफ्टवेयर हो, जसले टोर हिडन सेवासँग सहकार्य गरी कुनै पनि समाचार संस्थालाई गोप्य स्रोतबाट गोप्य जानकारीहरु प्रदान गर्दछ ।यति मात्र होइन फेसबुकले पनि आफ्नै डार्क वेबसाइट सार्वजनिक गरेको छ जसको उद्देश्य भनेको निगरानी र सेन्सरसिपलाई छिल्न टोर प्रयोग गरी फेसबुक भिजिट गर्ने प्रयोगकर्ताहरुलाई राम्रो सेवा दिने उद्देश्यले निर्माण भएको हो ।
टोरले ठूला संसाधनमैत्री नियामक निकाय र गुप्तचर संस्थाहरुलाई कसरी पूर्णरुपमा छल्न सक्छ भन्ने कुरा अझै पनि खुल्ला प्रश्नकै रुपमा रहेको छ ।अघिल्लो नोभेम्बरमा अमेरिकी संघीय अनुसन्धान ब्यूरो र यूरोपको संयुक्त फोर्स अपरेसन ओनीमसले दर्जनौं टोर हिडन सर्भिसलाई जफत गरेको थियो, जसमा डार्क वेबमा रहेका लोकप्रिय ६ वटा ड्रग्स मार्केटमध्ये तीन वटा मार्केटसमेत परेका थिए ।
अधिकारीहरुले ती गोप्य साइटहरुलाई कसरी पत्ता लगाए भन्ने कुरा आज पनि रहस्य नै रहेर बसेको छ । तर केही सुरक्षा अनुसन्धाकर्मीहरु सरकारी ह्याकरहरुले तथाकथित ‘डिनाइल अफ सर्भिस’ अट्याक प्रयोग गर्ने गरेको अनुमान गर्दछन् ।
यस्तो कसिमको अट्याकमा टोर रिलेहरुलाई जङ्क डेटाले भरिदिएर लक्षित साइटहरुलाई आफूले नियन्त्रण गरेको टोर रिले प्रयोग गर्न बाध्य बनाइन्छ र यसरी नै उनीहरुको आईपी एड्रेसलाई ट्रेस गरिन्छ ।उनीहरुले परम्परागत अनुसन्धान टेक्निकको प्रयोग गर्दछन् जहाँ प्रशासकहरुलाई खबरीको रुपमा पठाउँछन् वा लक्षित साइटहरुको ह्याक गर्न सकिने कमजोरीहरु पत्ता लगाउँछन् । जुनसुकै तरिका प्रयोग गरेर भए पनि डार्क वेबको गोप्य संसारमा समेत कुनै माध्यमबाट छिर्न सकिन्छ भन्ने सन्देश यसले दिन्छ ।