• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिडको दोस्रो लहर र विद्यालय सञ्चालन

  • वीरगंज संजाल
  • २९ चैत्र २०७७, आईतवार ०९:१७
  • ३२४१

    बिरगंज  । बीई चौथो वर्षको परीक्षा चलिरहँदा ८० विद्यार्थीमा संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पठनपाठन अनिश्चितकालीन अवरुद्ध भयो । शंकास्पद लक्षण देखिएपछि बाग्लुङ बजारको एक विद्यालयका आठ जना छात्रामा कोरोना पुष्टि भएपछि १० दिन वैशाख ४ गतेसम्म विद्यालय बन्द छ । दर्जन कर्मचारी संक्रमित भएपछि सैनिक महाविद्यालय, ह्वाइट हाउस कलेजलगायतका शिक्षालय एक साता बन्द रहे । यी त केही प्रतिनिधि पात्र मात्र हुन् ।

    शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्थामा पठन पाठन भइरहेको छ । सरकारले अनुमति दिएपछि माघ ४ गतेदेखि उपत्यकाका विद्यालय भौतिक रूपमा पठनपाठन गर्नेगरी खुल्दै गर्दा सुरक्षा मापदण्ड कागजी बन्यो । कक्षाकोठा व्यवस्थापनसँगै प्रवेशद्वारमा सेनिटाइजर, ज्वरो नाप्ने यन्त्र र बसमा पनि भौतिक दूरी कायम गर्ने, आलोपालोमा पढाउने व्यवस्था गर्ने बताइएको थियो । अनिवार्य मास्क, एक बेन्चमा दुई जना बस्ने, पकेटमा सेनिटाइजर बोक्ने, खाजा र पानीको आफंैले व्यवस्था गर्नेलगायतका मापदण्डमा ध्यानै नदिँदा शैक्षिक संस्था कोरोनाको हब हुँदै गरेका छन् ।

    कोभिड–१९ का अगाडि विश्व समुदाय निरीह बन्न बाध्य भयो । आस्थाका धरोहर मन्दिरका ढोका थुनिए । स्कुल कलेज बन्द भए । व्यापारव्यवसाय ठप्प भए । मृतकको सदगद परम्परागतअनुसार हुन पाएन । तर, समयक्रमसँगै मानिस कोरोनाबाट डराउन छाडेका छन् । उक्लँदो संक्रमण ग्राफ र संख्याले संस्थागत आइसोलेसन र कोभिड अस्पतालका बेड भरिँदै गएकाले शøया पाउन आकाशको फल भएको छ ।

    विद्यालयमा एसएमएस जनस्वास्थ्य मापदण्ड लागू गर्न असहज छ । साथै संक्रमण तीव्र हुन सक्ने भयले अभिभावक, विद्यार्थी र सरकार त्रसित छन्

    विद्यालय सञ्चालनको बाध्यता : कोरोनाको महामारी सुरु भएपछि लकडाउनसँगै बन्द भएका शिक्षण संस्था लामो समयसम्म खोल्ने हिम्मत कसैले गर्न सकेका थिएनन् । सबै स्कुल तथा कलेज बन्द भएकाले विद्यार्थी घरभित्र सीमित भई बसेका छन् । अनलाइन र दूरशिक्षा भनिए पनि सामाजिक सञ्जाल, भिडियो गेम, मोबाइलमा व्यस्त भएका छन् । मनोवैज्ञानिक रूपमा कोभिड संक्रमणभन्दा अन्य घटनाको जोखिम उच्च भएको छ । विद्यार्थी जम्मा हुने थलो भएकाले एसएमएस जनस्वास्थ्य मापदण्ड लागू गर्न असहज छ । संक्रमण तीव्र हुन सक्ने भयले अभिभावक, विद्यार्थी र सरकार त्रसित छन् । विद्यार्थीको पढाइलाई निरन्तरता दिनु आजको आवश्यकता हो । उमेर र सिकाइबीच घनिष्ट सम्बन्ध रहन्छ । निरन्तर पढन नपाए पढेको पनि बिर्सन्छ ।

    तथापि हटस्पट बन्दै
    कोरोना महामारीको हटस्पट बनिरहेका शैक्षिक संस्था खोले संक्रमण झनै फैलिने, मृत्युदर बढ्ने र कोभिडको दोस्रो लहर ल्याउने उच्च जोखिमको आँकलन देखिन्छ । विद्यालय खोल्दा घरघरमा संक्रमण घरमा बुढापाका, दीर्घरोगीलगायतमा संक्रमण भई जटिल बन्न सक्छ । जनस्वास्थ्यका मापदण्ड अपनाउन नसक्ने स्कुल जाने बालबालिकामा कोभिडको खासै लक्षण देखिँदैन । तर, संक्रमित हुँदा आफ्नो घर, छरछिमेक तथा समुदायमा सहजै संक्रमण फैलाउन सक्छन् । उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय नखोल्दा वा कडाइका साथ जनस्वास्थ्य अपनाउनु नै बुद्धिमानी हुन्छ

    लकडाउनमा बालबालिकाको सिकाइमा निरन्तरता दिन विद्यालय, स्थानीय तहअनुसार फरकफरक अभ्यास गरिए । पातलो बस्ती भएका ठाउँमा मापदण्डसहित पठनपाठन सञ्चालन भइरह्यो ।

    नयाँ भाइरस फैलिँदै : केही दिनयता कोरोनाको संक्रमण संख्या बढ्नुमा जिम्मेवार चर्चामा रहेका बढी संक्रामक बेलायत, ब्राजिल र दक्षिण अफ्रिका तीन नयाँ भेरियन्ट बढ्दै छ । यूके भेरियन्टसँग मिल्दाजुल्दा भाइरस देखिएकाले ६ हप्ताभित्र संक्रमितको संख्या बढ्ने निश्चित देखिन्छ । तिनै भेरियन्ट भारतमा फैलिसकेकाले नेपाल थप जोखिममा छ । छिटो संक्रमण फैलाउने, कम उमेरकामा बढी जटिलताले अस्पतालमा भर्ना हुने र अक्सिजन आवश्यकता बढी पर्नेछ । विद्यालयजस्ता भीडभाड हुने स्थानमा जनस्वास्थ्य मापदण्ड नअपनाउने हो भने संक्रमण विकराल हुने र लकडाउन बाध्य बन्न सक्छ ।

    सावधानीका साथै विकल्प : कोभिडको महामारीले हाम्रो एकनासको सोचाइ, प्रवृत्ति र क्रियाकलापमा परिवर्तन ल्याइदिएको छ । केही तथ्यमा सकारात्मक परिवर्तन सम्भव भएको छ । यसपटकको एसईईमा विद्यालयको आन्तरिक मूल्यांकनलाई वैधता दियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा प्रणालीमा सधंैका लागि परिवर्तन गरी विद्यालयले नै मूल्यांकन गर्ने परिपाटीको सुरुवात एक्कासि कोभिडले गरिदियो ।

    नेपालमा कोभिड–१९ मा हाल आएर सास फेर्न गाह्रो, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, बिनाकारण ज्वरो, घाँटी दुख्ने लक्षण देखिएका छन् । यस्ता लक्षण देखिन थाले आफूलाई परिवारबाट अलग गर्नुपर्छ र कोभिडको परीक्षण गराउनुपर्छ । नमुना दिइसकेपछि पनि आफूलाई अलग अर्थात् क्वारेन्टाइनमा राख्नैपर्छ । परीक्षणमा नतिजा पोजेटिभ आए आइसोलेसनमा बस्नुपर्छ । त्यसैमा लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा रहन तथा कडा लक्षण भएकालाई मात्र अस्पतालमा भर्ना गर्न जरुरी छ । तथापि दैनिक जीवनयापन कोरोनासँगसँगै चलायमान बनाउनुपर्ने आजको बाध्यता हो ।

    विद्यालयले अनलाइन कक्षा सञ्चालन नेपालजस्तो भौगोलिक विकटता, आर्थिक विपन्नता भएको देशका अभिभावक र विद्यार्थीका लागि अनलाइन कक्षा विकल्प बन्न सकिरहेको छैन । बालबालिकाको शैक्षिक सत्रमै असर पर्ने देखिएपछि सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सकिनेमा सबै सकारात्मक छन् । अमेरिकाको सीडीसीले जारी गरेको निर्देशिकालाई सर्वाेपरि गर्दै स्कुलमा बालबालिकाको तहअनुसार भौतिक दूरीको प्रोटोकल अपनाउन जरुरी छ । प्री स्कुलका बालबालिकालाई सानो समूह बनाएर एक शिक्षिकाले मात्र पढाउने र कम्तीमा ३ देखि ६ फिट दूरीमा राख्न सकिन्छ । विद्यालय बसाइँ समय घटाउन सकिन्छ । अनावश्यक भिजिटर नल्याउन, कोठाभित्रभन्दा बाहिर चौरमा वा खुला ठाउँमा कक्षा सञ्चालन गर्नुपर्छ ।

    कोरोना भाइरस मानव शरीरबाहिर कार्डबोर्डमा १ दिन, काठ र कपडामा २ दिन, स्टिल र प्लास्टिकमा ३ दिन, ग्लास र कागजको पैसामा ४ दिन तथा मास्कको बाहिरी सतहमा ७ दिनसम्म जीवित रहन सक्ने भएकाले संक्रमितको घर, स्वास्थ्यसंस्थाबाट निस्कने फोहोर व्यवस्थापनमा चुनौती थपिएको हो । मास्क, पीपीई, सेनिटाइजर बोटल, पञ्जाजस्ता संक्रमित फोहोर ३ दिनसम्म छुट्टै झोलामा संकलन गरेर मात्र बाहिर पठाउनुपर्छ । संक्रमणबाट सुरक्षित बनाउन कक्षा कोठामा मात्र नभई स्कुल बस, लबी, क्यान्टिन, हलमा भिडभाड कम गर्ने र सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ ।
    नर्सको व्यवस्था, दैनिक स्वास्थ्य जाँच, घर फर्केपछि अभिभावकद्वारा स्वास्थ्य परीक्षण र अवलोकन, हाइजेनिक खाना, रोग प्रतिरोधी क्षमता विकास र अन्य संक्रमणबाट बचाउन सक्ने पोषिलो खानामा विद्यालय तथा अभिभावकले विशेष ध्यान दिनुपर्छ । बारम्बार छोइने रेलिङ, ढोका, खेलकुद सामग्री, पाठयसामग्री, कक्षाकोठा, बस, क्यान्टिन लगातार सफा गर्नुपर्छ । विद्यार्थी, शिक्षक र कर्मचारी स्वास्थ्य जाँचपछि मात्र विद्यालय प्रवेश गराउनुपर्छ । भौतिक दूरी, स्वच्छता कायम गर्न बढी शिक्षक र कर्मचारीको जरुरत पर्न सक्छ ।

    अन्तमा, लकडाउनमा बालबालिकाको सिकाइलाई निरन्तरता दिन विद्यालय, स्थानीय तहअनुसार फरक फरक अभ्यास गरिए, आफ्ना सकारात्मक तथा सबल पक्षको खोजी भए, पातलो बस्ती भएकामा मापदण्डसहित पठनपाठन सञ्चालन रहिरहे । काठमाडौंसँगै लय मिलाउने क्रमभंग भयो, सिर्जनशीलता खोजियो । संविधानको व्यवस्था थोरै भए पनि लागू भए तथापि स्वायत्तताका नाममा जनस्वास्थ्यका मापदण्ड नमान्ने चलनले नसोचेको धेरै धनजनको क्षति हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑