• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वैकल्पिक सरकार गठनको कुरा आए प्रधानमन्त्रीमा जसपाकै दाबी रहन्छ: राजेन्द्र महतो

  • वीरगंज संजाल
  • २९ चैत्र २०७७, आईतवार ११:०२
  • २७३३

    जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले वैकल्पिक सरकार बनाउने परिस्थिति आए आफ्नै पार्टीले नेतृत्व दाबी गर्ने बताएका छन्।पूर्वमन्त्री समेत रहेका जसपाका प्रभावशाली नेता महतोले आफ्नै नेतृत्वमा सरकार बनाउने भनी नेपाली कांग्रेसले गरेको एकल निर्णय मान्य नहुने समेत बताए। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय शुक्रवार गरेको थियो ।

    कांग्रेसको निर्णयपछिको राजनीतिक परिस्थिति, भावी सत्ता समीकरण, सरकारसँग भइरहेको वार्ता लगायतका विषयमा लोकान्तरकर्मी अजय अनुरागीले महतोसँग कुराकानी गरेका छन् ।

    प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

    नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि अग्रसरता लिने निर्णय गरेको छ। यदि कांग्रेसको नेतृत्वमा सरकार बनाउने हो भने जसपाको साथ अनिवार्य हुन जान्छ । कांग्रेसको निर्णलाई तपाईंहरूले कसरी लिनुभएको छ ?

    नेपाली कांग्रेस पार्टीको एकल निर्णय हो त्यो। हामीसँग सल्लाह नगरी गरिएको त्यो एकल निर्णयको कुनै अर्थ छैन ।नयाँ सरकार निर्माणका सम्बन्धमा हामीसँग सल्लाह नै नगरी गरिएको निर्णयमा हाम्रो कुनै सरोकार नै हुँदैन। त्यसमा कुनै टिप्पणी पनि छैन। सरकार बनाउने निर्णय दलहरूबीच सहमतिको आधारमा गरिनुपर्थ्यो।सरकारको नेतृत्व त जसले पनि गर्न सक्छ नि, फलानैको नेतृत्वमा हुन्छ भन्ने कुरा हुँदैन । नेपाली कांग्रेसको निर्णयानुसार हामीले सोच्नुपर्ने अवस्था छैन।

    कांग्रेसले तपाईंहरूसँग कुनै पनि परामर्श गरेको छैन त ?

    छैन, कुनै पनि परामर्श वा सल्लाह गरेको छैन। कांग्रेसको एकल निर्णय हो, त्यो। त्यसकारण त्यस निर्णयमाथि हामीले विचार गर्नुपर्ने अवस्था छैन।म अहिले बाहिर छु। जनकपुरतिर छु। सञ्चारमाध्यममा आएअनुसार उक्त निर्णयपछि हाम्रो पार्टीका आदरणीय अध्यक्ष महन्थ ठाकुरजीसँग कांग्रेसका कुनै नेताको कुरा भएको थियो।त्यो पनि हलुको पाराले कुरा गर्ने रामचन्द्र पौडेलजी जो आफ्नो पार्टीको जिम्मा लिन नसक्ने अवस्थामा हुनुहुन्छ, उहाँले जसपाको जिम्मा लिन्छु भनेर हलुको पाराले कुरा गर्नु उपयुक्त होइन।

    हाम्रो पार्टीको जिम्मा हामी आफैंले लिने हो। रामचन्द्र पौडेलले जसपालाई मनाउने भनेर भन्नु भनेको जसपालाई अलि बढी नै अन्डरइस्टिमेट गरेको चिन्तन मात्र नभएर उहाँको मानसिक दिवालीयापन देखिएको जस्तो लागेको छ ।

    पछिल्लो समय रेशमलाल चौधरीप्रति तपाईं बढी नै संवेदनशील देखिनुभएको छ। टीकापुर पनि जानु भयो। जेलमै पुगेर रेशम चौधरीसँग भेटवार्ता पनि गर्नु भयो। फेरि सप्तरीको राजविराजमा अपनी थारूहरूको सभालाई सम्बोधन गर्नुभयो। खास यसको कारण के हो र रेशम चौधरी रिहाइको पहल कहाँ पुग्यो ?

    टीकापुर घटना अधिकार पहिचानका लागि गरिएको थारू विद्रोह हो। रेशम चौधरीलगायत त्यहाँ आस्थाका बन्दी बनाइएका छन्। थुप्रै मानिसलाई मुद्दा लगाइएको छ। आजीवन कारावास सजाय गरिएको छ। रेशम चौधरी लगायत थुप्रै मुद्दाका बन्दीहरूलाई निःशर्त रिहाइ गर्नुपर्छ । मुद्दा फिर्ता गर्नुपर्छ भनेर प्रधानमन्त्रीजीलाई हामीले भनेका छौं।

    अहिलेको सरकारलाई मात्र भनेका छैनौं, विगतका कांग्रेस, माओवादी र एमालेका सरकारलाई पनि त्यो कुरा भन्दै आएका थियौं। पटक-पटक भनेका छौं। समस्या समाधान नहुँदासम्म केही पनि हुनेवाला छैन भनेर अहिलेको ओली सरकारलाई पनि भनेका छौं। संविधान संशोधन, नागरिकता विधेयक, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका विषयहरू निःशर्त समाधान गर्न अहिलेका प्रधानमन्त्री ओलीजीलाई पनि भनेका छौं ।

    हिजोसम्म कांग्रेस, एमाले माओवादीले कुनै पनि टेरपुच्छर लगाएका थिएनन् । पटक-पटक आश्वासन दिएको तर कार्य सम्पन्न नगरेको इतिहास छ, त्यसैले अहिले पनि ओली सरकारले गरिदेलान् भनेर आश्वस्त हुने अवस्था छैन। तर, अहिले यिनीहरू सत्ता संघर्षमा लागेका छन् । कुर्सीको खेलमा लागेका छन् । यिनीहरू आफैं संकटमा छन् ।

    कांग्रेस, एमाले र माओवादी तीनवटै दल प्रधानमन्त्रीको कुर्सीको लडाईंमा लागेका छन्। तर, कुर्सी त एउटा मात्र छ। त्यस्तो अवस्थामा उनीहरूलाई जसपाको सहयोग चाहिएको छ। बदलामा जसपाले न्याय मागेको छ। जसपाले उठाएका सवालहरूको सम्बोधन तथा समाधान मागेको छ। हेरौं, उनीहरूले के गर्छन् । हाम्रो माग जुन पार्टीले पूरा गर्छ, त्यस पार्टीप्रति हाम्रो पार्टीले पनि एउटा दृष्टिकोण बनाउनेछ। सोही अनुसार हामीले पनि व्यवहार गर्नेछौं।

    अस्ति जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओली पनि उपस्थित भएको एउटा सार्वजनिक कार्यक्रममा जसपाको मागका विषयमा प्रक्रिया थाल्नुभएकोमा धन्यवाद भन्नुभएको थियो । प्रधानमन्त्रीले के कस्तो प्रक्रिया अगाडि बढाउनु भएको छ ?

    सैकडौं कार्यकर्तामाथि जुन झुठा मुद्दा लगाइएको छ, ती मुद्दालाई फिर्ता लिने सन्दर्भमा आवश्यक पर्ने विधि, प्रक्रियासहितको निर्देशिकालाई संशोधन गरिएको छ। देशका विभिन्न जिल्लाबाट मुद्दाहरू संकलन गरिएको छ।

    ती मुद्दाहरू अहिले कुन अवस्थामा छन्, फिर्ता लिनका लागि के कुन तहबाट कसरी फिर्ता लिन सकिन्छ भन्ने सवालमा प्रक्रियाहरू थाल्नुभएको छ। त्यो जानकारी हामीलाई गराइएको छ। मुद्दा फिर्ताका प्रक्रिया थालिएको भनेर प्रधानमन्त्रीजीले जानकारी गराउनुभएको छ । तर, पूर्ण रूपले काम सम्पन्न भएको छैन ।​

    रेशम चौधरीलाई जेलमै पुगेर भेट्नुभयो। उहाँले के भन्नुभयो ?

    ममाथि अन्याय भएको छ, म निर्दोष हो भन्नुभयो । म मात्र होइन, थरूहट आन्दोलनमाथि अन्याय भएको छ। थुप्रै मानिसमाथि झुठा मुद्दा लगाएर फसाउने काम भएको छ।आन्दोलनकारीहरूसँग राजनीतिक व्यवहार किन गरिएको छैन ? भन्ने उहाँको चासो थियो ।

    रेशम चौधरी अहिले रिहा भयो भने जसपाले जस पाउने भन्ने सोचेर कतिपयले झुठा कुराहरू लेखेर दुस्प्रचार गरी भ्रम फैलाइएकोप्रति पनि उहाँले चित्त दुखाउनुभयो। उहाँले न्याय खोज्नुभएको छ। राज्यले, सरकारले न्याय गर्नुपर्‍यो ।

    जसपाले रेशम चौधरीको रिहाइको माग विगतदेखि नै उठाउँदै आएको भएपनि सरकारले त आधिकारिक रूपमा थरूहट संयुक्त संघर्ष समितिसँग वार्ता गर्दैछ। मन्त्रिपरिषद्को बैठकबाट गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेपछि एक चरणको वार्ता समेत भएको छ। सरकारले त आधिकारिक रूपमा थरूहट संघर्ष समितिलाई बढी महत्त्व दिएको देखियो नि ?

    आफैं बोक्सी, आफैं धामी। सरकारले कोसँग वार्ता गरिरहेको छ ? कांग्रेस, एमाले, माओवादी पार्टी सम्मिलित कार्यकर्तासँग न सरकारले वार्ता गरिरहेको छ । ठीकै छ, आज उनीहरूले पनि न्यायको कुरा आखिर गरिरहेका छन् नि !

    त्यही नेपाली कांग्रेस, एमाले र माओवादी पार्टीले थरूहट विद्रोहलाई अपराधको रूपमा अंकित गरेर मुद्दा दर्ता गराएको हो नि ! अरू पार्टीले गरेको आन्दोलनमा पनि सुरक्षाकर्मी मारिएका छन् तर थरूहट-मधेश आन्दोलनमा मात्रै किन अन्याय भएको छ? त्यो पीडादायी कुराबारे आज आफ्नै पार्टीका सरकारसँग कुरा गर्नु भनेको हास्यास्पद कुरा हो। त्यसैले मैले भनेको छु कि आफैं धामी, आफैं बोक्सी।

    रेशम चौधरी रिहाइको क्रेडिट लिने होडबाजी चलेको हो ?

    त्यो त आम मानिसले पनि बुझेका छन् की नौटंकी गरेर क्रेडिट पाउने होइन। रेशम चौधरी हाम्रो पार्टीको सांसद हो। हामीले विगत ३ वर्षदेखि यो माग पटक-पटक उठाउँदै आएका छौं।

    केपी ओली नै प्रधानमन्त्री बन्ने बेलामा हामीलाई सरकारमा आउन पटक-पटक आग्रह गर्नुभएकै थियो। तर, रेशम चौधरीजीको रिहाइ नभएसम्म हामीले सरकारको स पनि उच्चारण गर्न मिल्दैन भनेर सरकारमा गएका थिएनौं। यद्यपि त्यस बेला हाम्रै पार्टीका उपेन्द्र यादवजी समाजवादी पार्टीको हैसियतमा दुई बुँदे सहमति गरेर सरकारमा जानुभएको थियो। तर, उहाँले के पाउनुभयो ?

    हामीले भनेका थियौं, नजानुस् । पार्टी एकता गर्‍यौं भने हामी पनि शक्तिशाली हुन्छौं भनेर भनेका थियौं तर उपेन्द्रजीले मान्नुभएन। सरकारमा जानुभयो। तर, अहिले त देखियो नि हामी दुवै पार्टीबीच एकता भए पछि जसपा एउटा ठूलो शक्ति बनेको छ। त्यही पार्टीहरू जसले विगतमा कुनै पनि टेरपुच्छर लगाउने गरेका थिएनन्, अहिले सबैले माग पूरा गर्छु भनेर भनेका छन् ।

    अहिले ओलीजीले त काम गर्न थाल्नुभयो। उहाँलाई पनि सत्ता जोगाउनुछ। अरूलाई पनि सत्ता चाहिएको छ। प्रक्रिया शुरू गरिसकेका कारण ओलीजीले गर्नुहुन्छ कि भनेर लागेको त छ तर पूरा विश्वास नै भने काम पूरा नहुञ्जेलसम्म गर्न सकिन्न। कांग्रेस र माओवादी लगायतले पनि माग पूरा गर्ने भनेर भनेका छन् ।

    अहिलेको प्रधानमन्त्री ओलीजीले संविधान संशोधनको विधेयक संसद् प्रस्तुत गरेपछि उहाँहरूको पनि परीक्षा हुन्छ । माग पूरा गर्न कति इमान्दार हुनुहुन्छ, त्यो पनि देखिन्छ।

    प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको पनि कुरा भएको छ ?

    छैन। हाम्रो माग पूरा भएपछि मात्र सत्ता सहकार्यको कुरा हुन्छ।

    माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव ल्यायो भने जसपाले पनि केही न केही निर्णय गर्न राजनीतिक रुपमा दबाब त पर्छ नै । त्यति बेला जसपाले के निर्णय गर्छ ?

    अहिले बहुमतकै सरकार छ। माओवादीकै समर्थनमा ओलीजीको बहुमतको सरकार छ। त्यो विषय अहिले संसद्मा आएकै छैन।जब संसद्मा सरकारको सवाल प्रवेश गर्छ, कसको नेतृत्वमा, कुन गठबन्धनको सरकार बन्ने भन्ने सवाल प्रवेश गर्छ, त्यतिबेला निर्णय गर्ने हो। हाम्रो नेतृत्वमा पनि सरकार बन्न सक्छ नि त !

    संसद्मा जब विषयवस्तु प्रवेश गर्छ पार्टीले पनि आफ्नो भूमिकाको विषयमा निर्णय गर्छ। जनता समाजवादी पार्टीले लोकतान्त्रिक प्रक्रियाअनुसार त्यस विषयमा ठोस निर्णय गर्छ।

    यसअघि तपाईंले जसपाको नेतृत्वमा सरकार बन्ने हैसियत नभएको तथा त्यस्तो परिस्थिति नआएको भन्नुभएको थियो । अहिले जसपाको नेतृत्वमा सरकार बन्ने स्थिति आइसकेको हो त ?

    अब स्थिति परिपक्व बन्छ। कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भनेर निर्णय गरिसकेपछि हाम्रो पनि सरोकार आइहाल्यो, किनभने वैकल्पिक सरकार हाम्रो भूमिकाविना निर्माण हुन सक्दैन।त्यसको हकदार स्वतः हामी पनि भइहाल्यौं । त्यो दावा हाम्रो पनि रहन्छ नि, किनभने सहमतीय निर्णय त भएको छैन।कांग्रेसले एकल निर्णय गरेको छ। वैकल्पिक सरकार निर्माण गर्नका लागि हाम्रो सहयोग त चाहिन्छ । त्यस्तो अवस्थामा हाम्रो दाबी हुनु स्वाभाविक हो।

    जसपालाई नेतृत्व दिन कांग्रेस, माओवादी वा एमाले तयार होलान् त ?

    उनीहरू तयार नभए हामीले नै पनि अरूको नेतृत्व स्वीकार गर्न तयार हुनुपर्छ भन्ने के छ ? अरूले हामीलाई मान्दैनन् भने हामीले पनि अरूलाई मान्नुपर्छ नै भन्ने कुरा पनि त आवश्यक छैन नि ! के हामी कसैको गुलाम हो ?

    जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले ओली सरकारलाई जसरी पनि ढाल्नुपर्छ भनेर अभिव्यक्ति दिइरहनुभएको छ। ओली सरकार प्रतिगमनकारी सरकार हो, विस्थापन गरेर कांग्रेस-माओवादी गठबन्धनको सरकार बनाउनु पर्छ भनेर भनिरहनु भएको छ नि !

    यो उपेन्द्रजीको वा बाबुरामजीको व्यक्तिगत धारणा हुन सक्छ। पार्टीले सत्ता सहकार्यका विषयमा अहिलेसम्म कुनै पनि निर्णय गरेको छैन।यो समीकरणमा के गर्ने, कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा जतिबेला यो विषय संसद्मा प्रवेश गर्छ त्यतिबेला निर्णय गर्छ। हाम्रो पार्टीले त्यतिबेला उपयुक्त निर्णय गर्छ।निर्णय नभएसम्म लोकतन्त्र भएकाले नेताले आफ्नो व्यक्तिगत धारणा राख्न सक्छ। तर, पार्टीले औपचारिक रुपमा निर्णय गरेपछि सबैले त्यो निर्णय मान्नुपर्छ ।

    भनेपछि कस्तो सरकार बनाउने, कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा जसपाले कुनै धारणा बनाएको छैन ?

    छैन। प्रतिगमन परास्त गर्ने निर्णय पार्टीले गरेको थियो। त्यो प्रतिगमन परास्त भइसकेको छ, सर्वोच्च अदालतले गरेको फैसलाबाट। अब यो देश प्रतिगमनको अवस्थामा छैन। संविधान ट्र्याकमा आएको छ।अहिले दलीय पद्धतिको आधारमा एमाले र माओवादीको सरकार छ। जसले ओलीलाई प्रतिगमनकारी भनिरहेको छ उसको पनि सरकार छ। माओवादीको पनि सरकार हो नि ! माओवादीको व्यक्तिगत आग्रह, पूर्वाग्रह मात्र हो। समर्थन फिर्ता लिएको छैन नि !अहिले सत्ता समीकरणको खेल भइरहेको छ। सरकार परिवर्तन गर्ने, सत्ता संघर्षको दौर चलिरहेको छ। त्यस विषयमा पार्टीले उचित समयमा उचित निर्णय लिन्छ।

    त्यही राजनीतिक निर्णय गर्नका लागि जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको थियो, तर त्यहाँ फरक मत आउने भएकाले पार्टी नै विभाजन हुने डरले बैठक नै स्थगित गरेको चर्चा छ नि ?

    पार्टीको बैठकको तयारी पूरा भएको थिएन । समायोजनको गृहकार्य पूरा भएको थिएन, त्यसकारण कार्यकारिणीको बैठक स्थगित गरिएको थियो। राजनीतिक सम्बन्धमा त्यति बेला त के अहिले पनि परिपक्व स्थिति आएको छैन ।पार्टीले आफ्नो के धारणा बनाउने ? बल्ल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भन्ने निर्णय गरेर बाटो खोलेको हो, हेरौं अब कसरी अगाडि बढ्छ ।

    जसपामा बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र तपाईं सहित ५ जना पदाधिकारी हुनुहुन्छ । पदाधिकारी बैठकले निर्णय गर्दा त पूर्वसपा (उपेन्द्र-बाबुराम) पक्षको बहुमत हुने स्थिति देखियो नि ?

    निर्णय गर्ने अधिकार पार्टीलाई छ। पार्टीको कार्यकारिणी समितिलाई मात्र छ। त्यो त सहज गर्नका लागि पदाधिकारी बनाइएको हो। पदाधिकारीमा अल्पमत वा बहुमतको कुरा छैन । त्यो कुरा तपाईंले कहाँबाट निकाल्नुभयो?

    जसपामा दुई फरक लाइन देखिएपछि पार्टी विभाजन हुने सम्भावना पनि त बढेको छ भनिन्छ । निर्णय सर्वसम्मत हुन्छ वा बहुमतको आधारमा पेलेर जाने हो ?

    लोकतान्त्रिक प्रक्रिया अनुसार नै निर्णय गर्छौं। प्रक्रिया अनुसार जे निर्णय हुन्छ त्यो सबैले मान्नु पर्छ। पार्टी फुट्ने कुरा कहाँबाट आयो? लोकतान्त्रिक प्रक्रियाबाट पार्टीले निर्णय नै गरेपछि पार्टीको हरेक सदस्यले त्यो कुरा मान्नुपर्छ।मेरो गोरुको बाह्रैटक्का भनेर भन्न पाइन्छ ? महन्थ ठाकुर होस् वा राजेन्द्र महतो, उपेन्द्र यादव होस् वा बाबुराम भट्टराई सबैले निर्णय मान्नु पर्छ।यो पार्टी एक जनाको होइन, सबै जनाको हो। लोकतान्त्रिक प्रक्रिया अपनाएर गरिने निर्णय त सबैले मान्नु पर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑