बिरगंज पब्लिक कलेजको आयोजना shape your professional career in BBA / BIM को सात दिने प्रशिक्षण कार्यक्रमको समापन
वीरगंज संजाल
२९ चैत्र २०७७, आईतवार ०२:२३
५५१७
बिरगंज । बिरगंज पब्लिक कलेजले आफ्नो विद्यार्थीको लागि व्यवसायिक कैरियर कसरी सफल बनाउन सक्छ र भबिस्यमा यश कलेजबाट पढेर बैकमा नोकरी गर्ने जुन सोच छ , त्यो भन्दा फरक पढेर बैंकमा , उद्योग र व्यवसायीहरुमा मात्र नोकरी नगरी आफ्नो सीप अनुसार साना उद्योग र व्यवसाय गर्न अभिप्रेरित गर्ने उदेश्यले बिबिए र बिआईएम का विद्यार्थीहरुलाई ७ दिने ” shape your professional career in BBA / BIM प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।७ दिने प्रशिक्षणको आज समापन तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
७ दिने प्रशिक्षण कार्यक्रममा soft skills , personality development , communication skills , BT in management बारेमा विभिन्न क्षेत्रबाट आफ्नो अनुभव शेयर गर्नु भएको थियो ।
बिरगंजको पदम पार्टी प्यालेसमा आज बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यको सभापतित्वमा र ज्ञानदा स्कुलका प्राचार्य डा. सि जेटलीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिशिस्ट अतिथिमा क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठ , सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठ , अतिथिमा अनुप अग्रवाल , नुतन सरावगी , दिगम्बर थापा, राजेन्द्र आचार्य , सन्चारकर्मी आरसि यादव , नेहाल खान , संतोषमान रन्जितकार , अजित भुजेल , जाकिर हुसेन , प्राध्यापक बासु कर्ण , जय किशन कुमार , निरन्जन केशरि , बिरेन्द्र यादवको सहभागीता रहेको थियो ।
७ दिने प्रशिक्षणमा बिबिए र बिआईएमको गरि जम्मा १५० जना विद्यार्थीहरुले भाग लिएका थिए । भाग लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र समेत बितरण गरेको थियो ।स्वागत मन्तव्य कलेजका प्राध्यापक बासु कर्णले र कार्यक्रम सन्चालन कलेजका लिडर क्लबका उपाध्यक्ष गौरव दुबेले गर्नु भएको थियो ।