वीरगञ्ज ।वीरगञ्जमा रगतको अभाव र यसलाई मध्यनजर गर्दै रक्त सञ्चार केन्द्रले रक्तदानका लागि गरेको आव्हानलाई ध्यानमा राखी वीरगञ्जस्थित नेशनल ईन्फोटेक कलेजले रक्तदान कार्यक्रमको सम्पन भएको छ ।
नेशनल ईन्फोटेक कलेजको प्रांगणमा भएको रक्तदान कार्यक्रममा कलेजका विद्यार्थी लगायत १८६ जनाले रक्तदान गरेका छन् । रक्तदाता मध्ये १७ जना महिला रहेका छन् । कलेजका निर्देशक मनिष सिंहले रक्तदान गरि कार्यक्रमको शुरुवात गरेका थिए ।
रक्तदान कार्यक्रममा सुधीर पटेल, भैया राम पटेल,काजल सिंह, सोमी पटेल, प्रविन सिंह, रोहित यादव, अभिनाश कुमार मिश्रा,हाकिम अंसारी, निरज रौनियार, आर्य तिवरिलगायतले रक्तदान गरेका छन् ।