• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिड बिरामीमा मानसिक डिसअर्डरको खतरा

  • वीरगंज संजाल
  • २७ चैत्र २०७७, शुक्रबार १२:५०
  • ३५४९

    वीरगन्ज ।कोभिड–१९ भएका बिरामीमा नसासम्बन्धी समस्या र मानसिक डिसअर्डर हुने एक बृहत अनुसन्धानले पत्ता लगाएको छ । यो अनुसन्धान इन्फ्लुएन्जासहितका बिरामीमा निको भएपछि हुने जोखिम तुलना गर्ने उद्देश्यले भएको थियो, जसबाट उपचारपछिका ६ महिनामा नसासम्बन्धी र मानसिक डिसअर्डरको समस्या पत्ता लागेको हो ।

    द लान्सेट साइकियाट्री जर्नलका अनुसार अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्मीले गत वर्ष दुई लाख ३६ हजार तीन सय ७९ कोरोना संक्रमित स्वास्थ्य विवरण विश्लेषण गरेका थिए ।

    अध्ययनमा सहभागीमध्ये १७ प्रतिशतमा एन्जाइटी र १४ प्रतिशतमा मानसिक डिसअर्डर पाइएको थियो । यस्तै, सात प्रतिशतलाई मस्तिष्काघात र दुई प्रतिशतमा डिमेन्सिया (विछिप्तता) पाइएको थियो ।

    अनुसन्धानकर्ताले यी दीर्घकालीन असरको निश्चित कारण अज्ञात रहेको बताएका छन् । रोजगारी गुमेको, क्वारेन्टिनमा बसेका बेलाको एक्लोपनलगायत कारणबाट यी समस्या देखिने अनुसन्धानकर्ताको बुझाइ छ । नसासम्बन्धी जोखिमबारे थप गहन अनुसन्धान आवश्यक रहेको उनीहरूले बताएका छन् ।

    ‘अधिकांश डिसअर्डरमा व्यक्तिगत जोखिम सानो हुन्छ, तर महामारीको विशालताको कारण ठूलो जनसंख्यामा यसको प्रभाव देखिन सक्छ,’ अनुसन्धानमा सहभागी मनोचिकित्सासम्बन्धी प्राध्यापक पल ह्यारिसनले भने ।

    अनुसन्धानकर्ताहरूले इन्फ्लुएन्जा भएका एक लाख पाँच हजार पाँच सय ७९ र श्वासप्रश्वासमा संक्रमण भएका दुई लाख ३६ हजार ३८ जनाको विवरण पनि विश्लेषण गरेका थिए । त्यसबाट कोभिड–१९ निको भएपछि ४४ प्रतिशतमा नसासम्बन्धी र मानसिक समस्याको जोखिम देखिएको थियो । यस्तै, श्वासप्रश्वासमा संक्रमण भएका १६ प्रतिशतमा बढी जोखिम देखिएको थियो ।

    ‘यद्यपि, हामीलाई थाहा छ– भाइरसले मस्तिष्कमा असर गर्नसक्छ, यसको मतलव केवल मस्तिष्कमा भएको स्नायु कोशिका मात्र प्रभावित हुँदैन,’ अक्सफोर्ड युनिभर्सिटीका न्युरोलोजी एन्ड कग्नेटिभ न्युरोसाइन्सका प्राध्यापक मसुद हुसेनले भने, ‘त्यसैले होसियार रहनु आवश्यक छ ।’

    महामारीको सुरुआती अवस्थामा मध्यमस्तरको लक्षण रहेका कोभिड बिरामीमा नसासम्बन्धी दीर्घकालीन समस्या देखिएको थियो । त्यस समस्यालाई कोरोना संक्रमणबाट मुक्त भएकाहरूले ‘ब्रेन फग’ भन्छन् । सुरुआती चरणमा कोरोनाले मस्तिष्कलाई असर पु¥याएका पर्याप्त प्रमाण थिएनन् ।

    अक्टोबर २०२० मा प्रकाशित एक अध्ययनले अस्पताल भर्ना भएका कोरोना संक्रमितमध्ये चारजनामा नसासम्बन्धी डिसअर्डर, मांसपेशी र टाउको दुख्ने, रिंगटा लाग्ने र गन्ध वा स्वाद थाहा नपाउने लक्षण देखिएको थियो ।

    चीनको वुहानमा गरिएको अर्को अध्ययनले ३६ प्रतिशत बिरामीमा नसासम्बन्धी लक्षणहरू पत्ता लगायो, जसमा टाउको दुख्नेदेखि होस गुम्नेलगायत समस्या देखिएको थियो ।

    अक्सफोर्डका अनुसन्धानकर्मीले कोरोना संक्रमित भएका बिरामीको विवरण मात्र विश्लेषण गरेका छन् । तर, लक्षण नदेखिएका संक्रमितलाई अनुसन्धानमा समेटेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑