• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा पत्रकारको नयाँ नेतृत्व चयनका लागि मतदानको गणना सुरु

  • वीरगंज संजाल
  • २५ चैत्र २०७७, बुधबार १८:२९
  • ४७७३

    वीरगन्ज । वीरगन्जमा पत्रकारको नयाँ नेतृत्व चयनका लागि मतदानको गणना सुरु भएको छ । बिहान ९ बजेदेखि वीरगन्जमा मतदान सुरु भएको हो ।केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ । यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ ।देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।

    वीरगन्जमा निर्वाचनमा २ वटा प्यानलबाट उम्मेदवारी परेको छ । प्रेस चौतारी र प्रेस संगठन, मधेशी पत्रकार समाज, प्रेस मञ्च र प्रेस युनियनको गठबन्धन गरी २ वटा प्यानल निर्वाचनमा उत्रिएका हुन् । जसअन्र्तगत विभिन्न १५ पदका लागी ५९ जनाले मनोनयन दर्ता गराएका छन् ।अध्यक्ष पदको उम्मेदवारमा प्रेस चौतारीबाट अनुप तिवारी र ४ संगठनको गठबन्धनबाट रितेश त्रिपाठी उम्मेदवार बनेका छन् । उपाध्यक्षका लागि प्रेस चौतारीबाट युबराज खड्का, गठबन्धनबाट राघव साह र शेखर बहादुर क्षेत्री (छतकुली) उम्मेदवार बनेका छन् ।

    यस्तै महिला उपाध्यक्षका लागि गठबन्धनबाट निलिमा पौडेल र प्रेस चौतारीबाट सुष्मा शर्मा उम्मेदवार बनेका छन् । सचिबको लागि गठबन्धनबाट क्रान्ती साह र चौतारीबाट भुषण यादव उम्मेदवार बनेका छन् ।गठबन्धनबाट मनोज कुमार पटेल, स्वतन्त्रबाट सुरेश बिडारी र चौतारीबाट जियालाल साहले सहसचिबमा उम्मेदवार बनेका छन् । भने समावेशी सहसचिवमा जितेन्द्र साह र अमित कुमार साह उम्मेदवार बनेका छन् ।कोषाध्यक्षको पदमा संजिव कुमार मिश्र र निरज पिठाकोटे मगर उम्मेदवार बनेका छन् ।

    महिला सदस्यमा कविता खड्का र बिमला गुप्ता उम्मेदवार बनेका छन् । दलित सदस्यमा छेदीराम (सुवाष) राम निर्विरोध निर्वाचित भएका छन् ।यसैगरी आदीवासी जनजाती सदस्यमा २ जना, मधेशी सदस्यमा ३ जना, अन्य समावेश सदस्यमा २ जना र अन्य सदस्यमा १३ जना उम्मेदवार बनेका छन् । केन्द्रिय परिषद सदस्यमा ८ जना, प्रदेश परिषद सदस्यमा १५ जना उम्मेदवार बनेका छन् ।यसै गरी केन्द्रका अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् ।

    उनीहरुबीच कडा टक्कर हुने अनुमान छ । अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । रोशन पुरी महासचिवको उम्मेदवार छन् । यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑