बीरगन्ज । नेपालका विभिन्न जिल्लाका जेलहरुमा एक हजार तीनसय ७७ जना महिला कैदीबन्दी रहेका छन्।
कारागार व्यवस्थापन विभागका अनुसार फागुन महिनसम्म विभिन्न जिल्लाका जेलहरुमा आठसय १० जना महिला कैदी र पाँचसय ६७ जना महिला थुनुवा छन्।
देशभरि कूल २४ हजार आठसय ८७ जना कैदीबन्दी छन्। यीमध्ये १३ हजार नौसय १० जना कैदी र १० हजार नौसय ७७ जना थुनुवा रहेका छन्।