• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कहाँ पुर्‍याइन्छन् दिनहुँ १० बालबालिका ?

  • वीरगंज संजाल
  • २४ चैत्र २०७७, मंगलवार ११:१३
  • ३०८१

    वीरगन्ज । पछिल्ला ८ महिनामा २३८८ जना हराएकामा करिब आधा फेला परेका छैनन् हराएकामध्ये १५–१८ वर्षका किशोरी ६०% छन् । गत साता महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुरका ७ बालिका/किशोरी हराएको भोलिपल्ट सीमावर्ती भारतीय बजार सीतामढीमा फेला परे । तर यसरी हराएका सबै बालबालिका फेला पर्दैनन् ।

    हराएका बालबालिकाको खोजतलासमा सक्रिय सरकारी निकाय राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन् । तीमध्ये १ हजार १ सय ६९ बालबालिका अझै हराइरहेका छन् । यो तथ्यांकअनुसार दिनहुँ औसतमा झन्डै दस जना बालबालिका हराउँछन्, जसमध्ये करिब आधा फेला पर्दैनन् ।

    महोत्तरीको भंगहाका बालबालिका त संयोगले भेटिए तर प्रदेश २ बाटै साउनयताको ८ महिनामा ५ सय ३३ बालिकासहित ६ सय १२ बालबालिका हराएका छन् । परिषद्का अनुसार ७ प्रदेशमा सबैभन्दा धेरै बालबालिका हराउनेमा प्रदेश २ अगाडि छ, जहाँ अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै (८७ प्रतिशत) बालिका मात्रै छन् । हराएकामध्ये २ सय २१ बालिका भेटिए पनि ३ सय १२ को अत्तोपत्तो छैन ।

    प्रदेशगत तथ्यांक केलाउँदा प्रदेश २ पछि सबैभन्दा धेरै बालबालिका वाग्मती प्रदेशबाट हराएको देखिन्छ । वाग्मतीबाट ४ सय ५२ बालबालिका हराएका छन् भने प्रदेश १ बाट २ सय ९९, गण्डकीबाट ३ सय १०, लुम्बिनीबाट २ सय ८६, सुदूरपश्चिमबाट २ सय ३ र कर्णालीबाट १ सय २६ बालबालिका हराएका छन् । सोमबार बालबालिका खोजतलास केन्द्रमा पुग्दा प्रशासन शाखाका कर्मचारी हराएका बालबालिकाको खोजीमा नेपाल टेलिभिजनमार्फत विज्ञापन गर्ने सूचनाको तयारीमा जुटेका थिए । केन्द्रले मंगलबार बिहान नेपाल टेलिभिजनमार्फत बालबालिका हराएको सूचना प्रसारण गरिदिनका लागि हराएका १५ र ९ वर्षका बालक तथा १४ वर्षकी बालिकाको सूचना पठाउँदै थियो । केन्द्रले हरेक दिनजसो हराएका बालबालिकाको खोजीमा सहयोग पुगोस् भनेर नेपाल टेलिभिजनमार्फत बालबालिकाको फोटोसहितको सूचना प्रसारण गर्छ ।

    हराएका बालबालिकाको खोजीका लागि निःशुल्क टेलिफोन नम्बर १०४ सञ्चालन गरिरहेको केन्द्रमा प्रत्येक दिन बालबालिका खोजिदिनुपर्‍यो भन्ने फोन आउँछ । गत साउनदेखि फागुन मसान्तसम्म मात्रै केन्द्रमा यस्ता २२ सयवटा फोन आएका थिए । यो तथ्यांकले पनि ठूलो संख्यामा बालबालिका हराइरहेको देखाउँछ । बालअधिकार परिषद्को आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनअनुसार उक्त वर्ष २ हजार ७ सय २९ बालबालिका हराएका थिए, जुन संख्या कोरोना कहर र लामो समयसम्म लकडाउन कायमै रहेको यो वर्ष झनै बढ्ने देखिन्छ ।

    यो आर्थिक वर्षको ८ महिनामा २ हजार ३ सय ८८ बालबालिका हराइसके । हराएकामध्ये १५–१८ वर्षका सबैभन्दा बढी छन् । जसमा किशोरी १४३१ जना (६० प्रतिशत) छन् भने बालक २९३ जना छन् । हराउने बालबालिकाको संख्यात्मक गति आगामी चार महिनामा पनि कायम रहेको खण्डमा अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष हराउने बालबालिकाको संख्या ८ सयभन्दा बढी थपिने देखिन्छ । परिषद्को तथ्यांक केलाउँदा हराउनेमा बालकको संख्याभन्दा बालिकाको संख्या झन्डै तेब्बर देखिन्छ । जस्तो यो आर्थिक वर्षको ८ महिनामा ५ सय २७ बालक हराएका छन् भने हराउने बालिकाको संख्या १ हजार ८ सय ६१ छ । हराउनेमा बालिकाको संख्या धेरै छ भने फेला पर्नेमा बालकको संख्या बढी देखिन्छ ।

    साउनयताका आठ महिनामा हराएका ५ सय २७ बालकमध्ये २ सय ७५ जना फेला परेका छन् भने २ सय ५२ जना कहाँ छन्, पत्तो छैन । यही अवधिमा हराएका १ हजार ८ सय ६१ बालिकामध्ये ९ सय ४४ जना फेला परे । बाँकी ९ सय १७ बालिका कहाँ छन् ? परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेल भन्छन्, ‘ती बालिका कहाँ छन्, कुन अवस्थामा छन्, देशभित्र छन् कि बाहिर छन्, यकिन भन्न सकिने अवस्था छैन ।’

    बालबालिका शान्ति क्षेत्र अभियानका कार्यक्रम निर्देशक मधु दवाडीले हराउनेमा किशोरावस्थामा प्रवेश गरेका बालिकाको संख्या उल्लेख्य हुनु डरलाग्दो भएको बताए । उनले कोरोना कहरका बीच भएको लकडाउनमा बालबालिका सामाजिक सञ्जालको पहुँचमा धेरै समय बस्नु र अपरिचितको सम्पर्कमा पुग्नु बालिका हराउनुको एउटा कारण हुन सक्ने आकलन सुनाउँछन् । उनले भने, ‘अभिभावकलाई आफ्ना छोराछोरी सामाजिक सञ्जालबाट कसको पहुँचमा पुगेका छन् भनेर थाहा नहुनु एउटा कारण हुन सक्छ । अर्को कारण संगठित मानव तस्करहरूले सामाजिक सञ्जालबाटै बालिकालाई टार्गेट गरिरहेको हुन सक्छ ।’

    संरक्षणमुखीभन्दा पनि नियन्त्रणमुखी पारिवारिक संरचनाका कारण पनि बालबालिका हराइरहेको परिषद्को बुझाइ छ । कार्यकारी निर्देशक धरेलको बुझाइमा बालिका हराएको केही दिनपछि मात्रै सरकारी संयन्त्रमा सूचना दिने परिपाटी छ । उनले भने, ‘बालक हराएको सूचना छिटो दिने तर हुर्किरहेकी किशोरी हराएको सूचना दिन लोकलाजका कारण ढिलो गर्ने परिपाटी देखिन्छ । बालिका कम भेटिनुका पछाडि यो पनि कारण हुन सक्छ ।’

    दवाडीको बुझाइमा हराएका बालबालिकाको खोजीमा राज्यसँग पर्याप्त जनशक्ति नभएका कारण पनि हराएको खोजी समयमै हुन नसकिरहेको र बालिका जोखिममा पर्न बाध्य भइरहेको सुनाए । परिषद्का कार्यकारी निर्देशक धरेलले पनि स्थानीय तहहरूले बलियो भूमिका खेल्ने हो भने बालबालिका हराउने क्रममा कमी हुने तथा हराएकाको खोजी सहज र द्रुत हुन सक्ने बताए ।

    बालबालिकासम्बन्धी ऐन २०७५ मा स्थानीय तहमा बालअधिकार समिति गठन हुनुपर्ने र स्थानीय तहमै बालकल्याण अधिकारी नियुक्त गर्नुपर्ने व्यवस्था छ तर बालबालिकाको कानुनप्रदत्त अधिकारको विषय स्थानीय तहको प्राथमिकतामा परेको देखिन्न । ७ सय ५३ स्थानीय तहमध्ये ३० वटाले मात्रै बालअधिकार समिति गठन गरेका छन् भने जम्मा ५ वटा ले मात्रै बाल कल्याण अधिकारी नियुक्त गरेका छन् । कार्यकारी निर्देशक धरेलले भने, ‘स्थानीय तहमात्रै सक्रिय हुने हो भने बालबालिका हराउने क्रममा कमी आउन सक्छ र हराउनेको खोजी पनि छिटो हुन सक्छ ।’

    हराएका बालिकामध्ये १५–१८ उमेरका ७६ प्रतिशत

    हराएका बालबालिकाको उमेरगत तथ्यांकलाई मसिनो गरी केलाउँदा झनै डरलाग्दो तथ्यांक फेला पर्छ । परिषद्बाट प्राप्त तथ्यांकअनुसार पछिल्ला आठ महिनामा हराएकामध्ये सबैभन्दा धेरै बालिका १५ देखि १८ वर्ष उमेर समूहका छन् । हराएका बालिकामध्ये किशोरावस्थामा प्रवेश गरिसकेका बालिकाको संख्या ७६ प्रतिशत देखिन्छ । परिषद्का कार्यकारी निर्देशक धरेलले हराउनेमध्ये यो उमेर समूहका बालिकाको संख्या धेरै देखिनु डरलाग्दो संकेत भएको बताए । उनले भने, ‘तथ्यांकले हराएका बालिका अत्यधिक जोखिममा रहेको देखाउँछ ।’

    परिषद्को तथ्यांकअनुसार ८ महिनामा ० देखि ५ वर्ष उमेर समूहका २२ बालक हराएका छन् भने बालिकाको संख्या १९ देखिन्छ । त्यस्तै ६ देखि १० वर्ष उमेर समूहका ४३ बालक र २५ बालिका हराएका छन् । ११ देखि १४ वर्ष उमेर समूहका १ सय ६९ बालक हराएका छन् भने दोब्बरभन्दा बढी अर्थात् ३ सय ८६ बालिका हराएका छन् । १५ देखि १८ वर्ष उमेर समूहका २ सय ९३ बालक हराउँदा बालिकाको संख्या तेब्बरभन्दा धेरै अर्थात् १८ सय ६१ छ ।

    हराउनेमा बालिकाको संख्या धेरै देखिए पनि सडकमा बेवारिस अवस्थामा फेला पर्नेमा भने बालकको संख्या बढी देखिन्छ । बालबालिका खोजतलास केन्द्रले पछिल्ला ८ महिनामा निरन्तर सडक बालबालिकाको उद्धार तथा पुनःस्थापनाको काम गरिरहेको छ । केन्द्रले आठ महिनामा ७१ बालक र ६० बालिका गरी १ सय ३१ जनाको उद्धार गरेको छ । जसमध्ये ६० जनालाई उनीहरूको परिवारमा पुनर्मिलन गराइएको छ भने अन्यलाई अस्थायी संरक्षण गृहमा राखिएको छ । यो समाचार कान्तिपुर बाट सभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑