• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    पर्साको चमरी–ठोरी खण्ड हुलाकी सडक अधुरै हस्तान्तरण

  • वीरगंज संजाल
  • २४ चैत्र २०७७, मंगलवार ११:०५
  • ४१३

    Shares

    पर्सा । हुलाकी सडकअन्तर्गत पर्साको चमरी–ठोरी खण्डको ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै ठेकेदार कम्पनीले आयोजना हस्तान्तरण गरेको छ । हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत ३० किमि लामो यो खण्ड निर्माणको ठेक्का पाएको बानियाँ/कालिका जेभीले काम अधुरै छाडेर आयोजना हस्तान्तरण गरेको हो ।

    स्थानीय प्रकाश खनालका अनुसार ठोरी–२ र ३ को सिमानामा रहेको ठुटे खोलाको पूर्वतर्फ करिब २ सय मिटर, वडा–२ को हनुमानटारको डाँडामा करिब १ किमि सडक निर्माणको काम सकिएको छैन । वडा–४ निर्मलबस्तीमा करिब ४ सय मिटर सडक पनि बनेको छैन । वडा–३ रामनगर र वडा–१ वनशक्तिमा गरी ३ वटा रुख काट्ने अनुमति चितवन राष्ट्रिय निकुञ्जबाट नमिल्दा पनि त्यस क्षेत्रको केही सडक निर्माण अधुरै छ । ‘हुलाकी सडक ठोरीवासीको लामो समयदेखिको सपना थियो तर त्यसलाई अधुरै छोडियो, यो हामीलाई सह्य छैन,’ उनले भने ।
    अर्का स्थानीय प्रद्युम्न गौतमले सडक निर्माण पूरा नभए ठोरीवासीले ठूलै संघर्ष गर्ने बताए । ‘वीरगन्ज–ठोरी हुलाकी सडक निर्माणको माग ठोरीवासीले करिब ३ दशकदेखि गर्दै आएका हुन्,’ उनले भने, ‘बल्ल–बल्ल सडक निर्माण भए पनि त्यसलाई अधुरै छोड्नु ठोरीवासीमाथिको ठूलो अन्याय हो ।’

    यो सडक निर्माण गर्न २०७४ कात्तिक १३ मा १ अर्ब १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो । २०७७ जेठ २ सम्म काम सक्नुपर्नेमा लकडाउन तथा अन्य कारणले काम पूरा हुन नसक्दा ६ महिनाका लागि म्याद थपिएको थियो तर त्यस अवधिमा पनि निर्माण पूरा नहुँदै सडक हस्तान्तरण भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । ठोरीवासीको सर्वपक्षीय भेलाले जगेन्द्र पौडेलको संयोजकत्वमा ‘अधुरो हुलाकी सडक निर्माण संघर्ष समिति’ नै गठन गरेका छन् । जनप्रतिनिधि, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि र स्थानीयहरूको भेलाले अधुरो काम पूरा हुनुपर्ने माग गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

    बानियाँ/कालिका जेभीका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले पनि समग्रमा करिब ५ किमि सडक निर्माण गर्न नसकिएको स्विकारे । मुआब्जा विवाद, मुआब्जा विवादमा अदालतको स्टे–अर्डर, रूख काट्न चितवन राष्ट्रिय निकुञ्जले अनुमति नदिँदा तथा स्थानीयको अवरोधका कारण उक्त काम नसकिएको उनको भनाइ छ । वडा–१ र २ मा करिब ४ किमि सडकमा निकुञ्ज कार्यालयले कागजात नपुगेको भन्दै काम गर्न नदिएको उनको आरोप छ । ठुटे खोलामा नेपाल र भारतबीचको कुलोका विषयमा विवाद कायम रहेकाले उक्त समस्या दुई देशका प्रतिनिधिले समाधान नगरेसम्म काम अघि बढाउन नसकिने उनको भनाइ छ । ‘समस्या नभएका ठाउँमा काम सम्पन्न गर्‍यौं,’ उनले भने, ‘समस्या भएका ठाउँमा जति प्रयास गर्दा पनि सकिएन, त्यसकारण निर्माण भएजति सडक भारतीय कन्सल्टेन्टलाई हस्तान्तरण गरेका हौं, त्यसपछि उसले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।’

    बाँकी सडक निर्माण गर्न नेपाल सरकारले पुनः टेन्डर आह्वान गरे वा हालकै ठेकेदारलाई दिन चाहे आफूहरू त्यसका लागि तयार रहेको उनको भनाइ छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !
  • बलात्कृत बालिका र नानीको अन्धकार भविष्य
  • रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन
  • नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    संक्रमणको प्रभाव शैक्षिक संस्थामा

    दोस्रो लहरको कहर

    नेपालसँग सीमा जाेडिएकाे युपीमा विद्यालय बन्द, कयाैं जिल्लामा रात्रि कर्फ्यू

    स्वास्थ्य क्षेत्रको बजेटको कम्तीमा १० प्रतिशत पुर्‍याउन सुझाव

    वीरगन्जमा संक्रमण पुन समुदाय स्तरमै फैलिएको संकेत

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    News

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    News

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    News

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    News

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑