महाभारतका चर्चित पात्र द्रौपदीका बारेमा अनेक चर्चा चल्ने गर्छ । पाँच पतिका साझा श्रीमतीका रुपमा रहेका कारण पनि द्रौपदी विवादित पात्रका रुपमा चिनिन्छिन् । राजा दु्रपदले यज्ञको आयोजना गरी पुत्र धृष्टद्युम्न र पुत्री द्रौपदीलाई प्राप्त गरेका थिए । जन्मेको कयौंबर्षसम्म पनि राजा द्रुपदले आफ्नी पुत्रीको रुपमा द्रौपदीलाई स्वीकार गरेका थिएनन् ।
पाँच पतिसँग विवाहपश्चात द्रौपदी पांचाली नामबाट चिनिएकी थिइन् । द्रौपदीले अर्जुनभन्दा पहिला दानवीर कर्णसँग प्रेम गरेकी थिइन् । तर आफ्नो बुबा दु्रपदको प्रतिशोधपूर्ण प्रतिज्ञा र मानसम्मानका कारण द्रौपदी र कर्णको प्रेम सफल हुन सकेनन् ।
थाहापाउनुस् द्रौपदीको पहिलोप्रेम कर्णसँग कसरी भएको थियो । र, अन्त्यमा उनीहरुको प्रेम कसरी टुटेको थियो ।
महारथी कर्णको द्रौपदीसँग प्रेम
पांचाल देशका राजा द्रुपदकी पुत्री भएकी कारण द्रौपदीको सुन्दरताका बारेमा कयौं राज्यमा चर्चा चल्ने गर्थे । उनको सुन्दरता ,बुद्धि र विवेक देखेर धेरै राजाहरु मोहित भएका थिए ।