• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखी तेल निकासी उल्लेख्य

  • वीरगंज संजाल
  • २२ चैत्र २०७७, आईतवार ०८:२७
  • ४६४५

    वीरगञ्ज । चालू आर्थिक वर्ष (आव) २०७७/ ७८ मा मुख्य नाका वीरगञ्जबाट निर्यात व्यापारमा प्रशोधित तेलको वर्चश्व अग्रस्थानमा छ । यो नाकाबाट भटमास र सूर्यमुखी प्रशोधित तेल उल्लेख्य परिमाणमा निकासी भएको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको हो ।

    चालू वर्षको साउनदेखि फागुनसम्मै भटमासको तेल निकासी सूचीको एक नम्बरमा परेको छ । वीरगञ्ज भन्सारबाट चालू वर्षको आठ महीनमा २६ अर्ब रुपैयाँको बस्तु निर्यात भएकोमा सबैभन्दा बढी योगदान यही उत्पादनको देखिन्छ ।

    यो वर्षको आठ महीनामा १५ अर्ब ४४ करोड रुपैयाँबराबरको भटमासको प्रशोधित तेल निर्यात भएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए ।

    निर्यात व्यापारमा सबैभन्दा बढी योगदान खाने तेलकै रहेको अधिकृत सुकमनीले बताए । अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको ३७ हजार १३८ मेट्रिकटन यस्तो तेल निकासी भएको थियो । यो वर्ष यस्तो परिमाण १ लाख ८८८ मेट्रिकटन पुगेको छ ।

    सूर्यमुखी तेलको निर्यात पनि उल्लेख्य बढेको छ । यो आवको फागुनसम्म ७३ करोड रुपैयाँबराबरको ४ हजार ८८९ मेट्रिकटन सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो निकासी २० मेट्रिकटनमात्रै थियो ।

    अघिल्लो वर्ष प्रशोधित पाम आयल सर्वाधिक निकासी भएको थियो । भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी उद्योग भटमास र सूर्यमुखी तेलमा केन्द्रित भएका हुन् ।

    यो नाकाबाट जुसजामको निकासी घटेको छ । अघिल्लो वर्ष ३ करोड ५१ लाख लिटर जुस निर्यात भएकोमा यो वर्ष ३ करोड २९ लाख लिटरमा झरेको छ । जमोठ कपडाको निर्यात भने बढेको छ । ८ सय २५ मेट्रिकटन यस्तो कपडा निकासी भएको भन्सारको तथ्यांक छ ।

    वीरगञ्जबाट वत्तीसा त्रिफला, च्यावनप्रास, दन्तमञ्जन, सेन्थेटिक यार्न, स्पोर्टस् सुज, उनी गलैंचा कार्पेट, तयारी कपडालगायतका उत्पादन निर्यात भएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा यो नाकाबाट निर्यात व्यापार करीब ३ अर्ब रुपैयाँले बढेको भन्सारको तथ्यांकले देखाएको छ ।

    निकासीको अधिकांश अंश भारतीय बजारमा गएको छ । कुल २६ अर्ब रुपैयाँको बस्तु निर्यातमध्ये २३ अर्ब ७७ करोड रुपैयाँबराबरको निकासी भारतमा भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑