आज:
  • होमपेज / Breaking News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्य समितिको पदस्थापन

  • वीरगंज संजाल
  • २१ चैत्र २०७७, शनिबार २३:२५
  • १०८६५

    वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरूको शपथ तथा पदस्थापन गरिएको छ । संघको ४५ औं वार्षिक साधारणसभाबाट निर्वाचित कार्य समितिको शुक्रबार साँझ वीरगञ्जमा पदस्थापन भएको हो ।

    समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजीक्षेत्रको प्रवर्द्धन नभई अर्थतन्त्रको उन्नति हुन नसक्ने बताए । प्रदेश सरकार निजीक्षेत्रको उत्थानका लागि सहकार्यमा अग्रसर भएको भनाइ मुख्यमन्त्री राउतको थियो ।

    निजीक्षेत्रको नेतृत्व नयाँ सम्भाव्यताको खोजी र समस्याहरूको समाधानमा रचनात्मक बन्नुपर्ने पनि उनले बताए । सांसद प्रदीप यादवले बारा–पर्सा औद्योगिक कोरिडोरमा उद्योग र मानवबस्तीबीच विभिन्न खालका समस्या देखिएको भन्दै समाधानका लागि उद्योगी जिम्मेवार बन्नुपर्ने बताए ।

    उद्योगीहरूले स्थानीयबासिन्दाको सरोकार सम्बोधनलाई प्राथमिकतामा राख्नुपर्ने सांसद यादवको भनाइ थियो । उद्योग सञ्चालनको अनुमति लिँदा स्वीकार गरेका शर्तहरूको पालना भए समस्या न्यूनीकरण हुने उनले बताए ।

    वीरगञ्ज महानगरका नगर प्रमुख विजयकुमार सरावगीले उद्योग व्यवसायको प्रवद्र्धन नै आर्थिक विकासको आधार भएको बताए । निजीक्षेत्र र लगानीमैत्री वातावरण निर्माणको खाँचो पनि उनले औंल्याए ।

    प्रदेश २ का प्रदेशसभा सदस्यसमेत रहेका संघका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले सरकार उद्योग व्यापार क्षेत्रका समस्याको निकासमा उदासीन रहेको आरोप लगाए । बारा–पर्सा क्षेत्रबाट सरकारले करमात्र उठाउने उद्देश्य राखेको आरोप पनि उनले लगाए ।

    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोना महामारीबाट थलिएको उद्योग व्यापार क्षेत्रलाई प्रोत्साहन हुने गरी नीति निर्माण गर्न आग्रह गरे । निजीक्षेत्रका अपेक्षा सम्बोधन नभएसम्म आर्थिक विकासको उद्देश्य पूरा हुन नसक्ने दाबी उनको थियो ।

    संघका निवर्तमान अध्यक्ष गोपाल केडियाले निजीक्षेत्रका स्वाभाविक अपेक्षाहरूको सम्बोधनमा समेत सरकारले अपेक्षित काम गर्न नसकेको गुनासो गरे ।

    नवनिर्वाचित अध्यक्ष सुवोधकुमार गुप्ताले निजीक्षेत्रका माग सम्बोधन गराउन निजीक्षेत्रका संघसंस्थाको भूमिका पनि महत्वपूर्ण हुने बताए । आफ्नो कार्यकाललाई रचनात्मक बनाउने र यो उद्देश्यमा सबै पक्षको सहयोगको अपेक्षा राखेको पनि अध्यक्ष गुप्ताको भनाइ थियो ।

    राजपाल उपाध्यक्षमा मनोनित

    संघले माधव राजपाललाई तृतीय उपाध्यक्षमा मनोनित गरेको छ । संघको कार्य समितिको पहिलो वैठकले रोजगारदाता परिषद्को अध्यक्ष रहने गरी उपाध्यक्ष बनाएको हो ।

    उपाध्यक्ष राजपाललाई प्रदेश २ का मुख्यमन्त्री राउत सहभागी एक कार्यक्रमबीच शनिबार पदस्थापन गरिएको छ । राजपाल यसअघि संघको महासचिव रहिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑